
काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी आफ्ना प्रबन्ध निर्देशक गुमाएको यति एयरलाइन्स र तारा एयरले शुक्रबार देशभरि कुनै पनि उडान नगर्ने भएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ।
यति एयरका प्रबन्ध निर्देशक शेर्पासहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र थप पाँच जनाको बुधबारको दुर्घटनामा मृत्यु भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij