२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चौधरी ग्रुपको नयाँ उत्पादन : कुपोषण र पुड्कोपना विरुद्द ‘माल्टोजिंग’

चौधरी ग्रुपको नयाँ उत्पादन : कुपोषण र पुड्कोपना विरुद्द ‘माल्टोजिंग’

चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादनको रुपमा ‘माल्टोजीङ्ग’( Maltozing) अफिसियल रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम बीच  ‘माल्टोजीङ्ग’को सार्वजनिक गरिएको हो ।

नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुखआतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा यस ग्रुपको पछिल्लो उत्पादनलाई सार्वजनिक गरिएको हो ।

बजारमा रहेका उत्पादन भन्दा गुणस्तरिय तथा सुपत मूल्यमा माल्टो जीङगबाजर आजको मिति बाट क्रमश उपलब्ध हुने कम्पनीले जनाएको छ ।

माल्टो जीङगबजारमा विद्यामान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैया मुल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउने कम्पनीका सिइओ होम न्याउपानेले बताए ।

उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्को पनाको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको हो । साथै यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कपोषणको समस्यालाई केहि हद सम्म अन्त्य हुने उनको भनाइ छ ।

हाललाई Classic Malt / Chocolate  को स्वादमा बजारमा ल्याएको कम्पनीले जनाएको छ । नेपालमा विद्यमान कुपोषण लगायतको समस्यालाई केहि हदसम्म यसको प्रयोगले समाधान गर्ने कम्पनीको अपेक्षा रहेको कम्पनीका कार्यकारी निर्देश कपारश शाक्यले बताए ।

चौधरी ग्रुपअन्तर्गतको बि. एल. सी. होल्डीङ्सअन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रा. लि.’को उत्पादन रप्रर्बधनमा यस उत्पादनलाई अगाडी ल्याएकाहो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij