
पछिल्लो समयमा हरेक वर्ष १०–१५ प्रतिशतले वृद्धि हुँदै आएकोमा यस वर्ष त्यो वृद्दी बढ्ने अनुमान गरिएपनि सिमेन्ट र स्टिलको बिक्रि भने घटेको पाईएको छ | ठुला विकास आयोजना संचालन नहुनु यसको मुख्य कारण रहेको यस संग सम्बन्धितहरु बताउँछन् | सिमेन्ट र स्टिलको व्यापार ७/८ प्रतिशतले घटेको हो |
तरलता, कालोबजारी लगायतका कारण मोबाईल बिक्रि समेत ६० प्रतिशतले घटेको छ |
अर्थतन्त्रमा सुस्तता आएका कारण उपभोक्ताको क्रयशक्तिमा कमी आएपछि गुणस्तरीय मदिराको बिक्री घटेको र सस्तो मदिरा र बियरको खपत बढेको छ ।
८०–९० प्रतिशतसम्म कर्जा लिई गाडी खरिद हुँदै आएकोमा राष्ट्र बैंकले बढीमा ५० प्रतिशत मात्र फाइनान्स गर्न पाउने व्यवस्था गरेपछि अटोमोबाइलको बिक्री ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij