२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कांग्रेस गर्यो आज पनि संसद अवरुद्द

कांग्रेस गर्यो आज पनि संसद अवरुद्द

काठमाडौं– आज पनि संसद बैठक अवरुद्ध भएको छ । नेपाली काँग्रेस सांसदहरुले बैठकको सुरुमै उठेर विरोध जनाएपछी सभामुख कृष्ण बहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।

काँग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक चल्न नदिने भनाई राखे। उनी बोले लगत्तै काँग्रेस सांसदहरु उठेर विरोधमा उत्रिएका थिए |

सभामुख महराले चिकित्सा शिक्षा विधेयक पास भइसकेकाले त्यस विषयलाई लिएर संसद अवरुद्ध गर्न जरुरी नभएको बताए। पटकपटक काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपनि नमानेपछि सभामुख महराले अर्को बैठक माघ २० गतेसम्मका लागि स्थगन गरिएको जनाउ दिए ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले राष्ट्रिय सभामा रहेको चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाएर सहमतिपछि मात्रै पारित गर्न सभामुखलाई अग्रसरता लिन सुझाव दिए । ‘गोविन्द केसीको पनि ज्यान रक्षा गर्नुपर्छ । वार्ता र संवादबाट नहुने के छ ? विगतका अभ्यासले देखाएको छ ।’भन्दै रिजाल छिटो सरकारको अग्रसरता रहनु पर्ने बताए |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij