२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बन्ने भयो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला

बन्ने भयो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला

गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नमुना तस्बिर

नेपालमा अब आफ्नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुने भएको छ | आगमी दुई वर्ष भित्र सम्पन्न भईसक्ने क्रिकेट रंगशाला भरतपुर , चितवनमा निर्माण हुने र उक्त कार्यको घोषणा एवम ऐक्यबद्दता कार्यक्रम आज हुने जनाईएको छ |

नेपाली क्रिकेटको लागि यो महान कार्यको प्रमुख भूमिका निर्वाह गर्नेछ धुर्मुस सुन्तली फाउन्डेसनले | नुमना नेपाल निर्माण कार्यक्रम अभियान मार्फत देशका विभिन्न ठाउँहरुमा एकीकृत बस्ति निर्माण गर्दै आएको धुर्मुस सुन्तली फाउन्डेसनले यो कार्यक्रमको प्रमुख अगुवाई गर्ने जनाईएको छ |

गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम नाम दिईएको यो रंगशालाको डीपीआर अबको चार महिनामा सकेर २ वर्ष भित्र क्रिकेट रंगशाला तयार हुनेछ |

चितवन स्थित भरतपुर महानगरमा रहेको कृषि र वन विश्व विद्यालयको २० बिघा जग्गामा करिब ३० हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij