भेनेज्वेलामा सिर्जित आन्तरिक राजनीतिक उथलपुथलमा अमेरिकाले गरेको हस्तक्षेप प्रति कडा विज्ञप्ति जारी गरेको नेकपा अध्यक्ष प्रचण्डको वक्तव्यलाई सरकारले ठुस्स पारेको छ |

गएको माघ ११ गते प्रचण्डद्वारा हस्ताक्षर गरिएको वक्तव्यमा प्रचण्डले अमेरिकी प्रवृत्तिको हस्तक्षेप गर्दै आफु भेनेज्वेलाको पक्षमा रहेको र अमेरिकाको कडा भावमा विरोध गरेपछि यो विषय चर्चाको विषय रहन पुगेको थियो |
नेपाल स्थित अमेरिकी सम्पर्क कार्यलयले समेत नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो | सत्तारुढ दलको एउटा अध्यक्षद्वारा जारी विज्ञप्तिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको थियो |
सबैले चासो देखाएपछी मंगलबार परराष्ट्र मन्त्रालयले सरकारको आधिकारिक धारणा निकाल्दै नेपाल कुनै पनि देशमा हुने प्रजातान्त्रिक पद्दतिलाई मात्र नेपाल सरकारले साथ दिदै आएको र सधै यस्तै रहनेको भावमा तटस्थ निर्णय दिएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij