२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ब्रोकरलाई मात्रै आरडब्लुएसको अनुमति, २ करोड पूँजी अनिवार्य

ब्रोकरलाई मात्रै आरडब्लुएसको अनुमति, २ करोड पूँजी अनिवार्य

काठमाडौं । शेयर दलाल व्यवसायीहरुले मात्रै आरडब्लुएसको अनुमति पाउँने भएका छन् । आरडब्लुएस संचालनको लागि हाल ब्रोकर कम्पनीहरुको चुक्ता पूँजी १ करोड हुनुपर्ने र आगामि श्रावण मसान्त भित्र उक्त चुक्ता पूँजी २ करोड पुराउने बारे छलफ भइरहेको नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले जनाकारी दिएको शेयर लगानीकर्ता संघले जनाएको छ ।

त्यस्तै थपलियाले बैंकलाई लाईसेन्स दिने सम्वन्धमा राष्ट्र बैंक र धितोपत्र बोर्डमा आवश्यक कानुनी एवं कागजी प्रक्रिया अघि बढेको समेत जानकारी दिए । यसका साथै २ वटा क्लियरिङ् बैंक थप्ने तथा अडलटलाई माघ १५ भित्र कार्यन्वयनमा ल्याउने जानकारी दिए ।

संघले विगतमा लगानीकर्ता समक्ष घोषणा गरेको ६ बुँदे मागका सम्वन्धमा सक्रियका साथ लागेको जनाएको छ । उक्त मागका बारे माघ १५ गते भित्र नतिजा देखिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij