अर्थतन्त्रको एक खम्बा नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग आर्थिक विकासमा हातेमालो गर्दै अघी बढिरहेकाे छ। मुलुकमा भएको राजनीतिक र सामाजिक परिवर्तनसँग हामीले स्थापना गरेका सहरहरु अहिले विस्थापित हुने अवस्थामा पुगेका छन् । सरोकारवाला, कर्मचारीतन्त्र लगायतले यस विषयमा गम्भीरतापूर्वक हेरिदिनुपर्ने अवस्था छ । हामीले पचास वर्ष अघि सोचेको बाटो र राजमार्गको भर्खर कुरा चलिरहेको छ ।
५० वर्ष अघि स्थापित भएका सहरहरु फेरि खण्डहर हुने अवस्थामा छन् । चितवन, हेटौंडा र वीरगञ्जलाई मात्रै पनि हेर्न सक्यौं भने यस बारे धेरै कुरा थाहा हुन्छ । वीरगञ्ज भन्सार साँघुरो भयो भनेर अहिले अर्को ठाउँमा स्थानान्तरण गरिसकेका छौं । हामीले राजमार्गको ट्रयाक पनि खोलिसकेका छौं । चितवन पनि एक इतिहास बोकेको सहर हो ।
हाम्रो कुल गार्हस्थ उत्पादन धेरै तल छ । फेरि अब हामी कुन पैसाले घर बनाउने ? यो सहरलाई विस्थापित गरेर के सन्देश दिन खोजिएको हो ? यसलाई नीतिगत रुपमा हेरिदिनुपर्छ । अहिलेको महोत्सवबाट हामी जनताको क्रयशक्ति र लगानीको अनुमान गर्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij