
काठमाडौं । नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ९ फेब्रुअरी २००९ देखि हुण्डाई गाडीको आयात र बिक्री तथा सेवाहरु प्रदान गर्दै आएको छ ।
हुण्डाईको उत्कृष्ट सेवाको निरन्तर यात्रामा चार पाङग्रे गाडीको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । हुण्डाईको निरन्तर यात्रामा साथ दिँदै आएका ग्राहकहरुको जिवनमा थप खुशी पू¥याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न क्षेत्रका कम्पनीसँग सम्झौता गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्ने भएका छन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी फाइदा लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij