
काठमाडौं । ग्लोबल आईएमई बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सोमबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाउँदै उक्त सम्भौतापत्रमा ग्लोबल आईएमई बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन, मिडिया तथा ब्राडिङ विभाग प्रमुख रवीन्द्र ढकाल र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए ।
उक्त हस्ताक्षर कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष भोला रिजालको विशेष उपस्थिति थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij