२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बैंकिङ समूहले मात्रै तान्न सकेन बजार

बैंकिङ समूहले मात्रै तान्न सकेन बजार

काठमाडौँ । महिनाको पहिलो दिन आइतबार शेयर बजार घटेको छ आज नेप्से परिसूचक २ दशमलव १४ अंकले घटेर १४७७ दशलमव ७२ अंकमा बजार बन्द भएको छ ।

परिसुचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । आज दिनभरि १२२ कम्पनीको जम्माजम्मी २७ करोड २९ लाखको मात्र कारोबार भएको छ ।

आज बैंकिङ बाहेक अन्य समूहमा गिरावट आएको छ । बैंकिङ समूह एक दशमलव ५९ अंकले बढ्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वाधिक ४ करोड ५५ लाखको कारोबार हुँदा शेयर मूल्य करिब १० प्रतिशत अर्थात १९९ रुपैयाँले बढेको छ । एफपिओ मूल्य सार्वजनिक भएपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा लगानीकर्ता आकर्षित देखिएका हुन् । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रमियम थप गरी एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । यस अनुसार उसले कायम चुक्ता पूँजीमा १०० प्रतिशत बोनस सेयर दिनु पर्ने आँकलन लगानीकर्ताले गरेका छन् ।

त्यस्तै होटेल समूह १ दशमलव ५९, विकास बैंक समूह ६ दशमलव ९६, जलविद्युत समूह १७ दशमलव ५९, बिमा समूह ४४ दशमलव ५२ अंकले घटेका छन् । त्यस्तै आज सर्वाधिक गुमाउनेमा प्रभु बैकका लगानीकर्ता रहेका छन् । आजैबाट कारोबार खुलेको बैंकको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij