२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेप्से लयमा फर्किने संकेत

नेप्से लयमा फर्किने संकेत


काठमाडौं । साताको चौथो दिनको वृद्धिसँगै सेयर बजारले सुधारिने संकेत देखाएको छ । अघिल्लो दिन ६ अंकले बढेर बन्द भएको सेयर बजार बुधबार पनि २७.४५ अंकले बढेको हो ।

बुधबार कारबोबार सुरु भएदेखि बढेको बजार १२ सय २६.४५ अंकमा पुगेर रोकियो । नेप्से बढ्दा यसदिन कारोबार रकम र सेन्सिटिभ इन्डेक्स पनि बढेका छन् ।

अघिल्लो दिन करिब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३३ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भए । यसक्रममा १६२ कम्पनीका ९ लाख २ हजार कित्ता सेयर कारोबारमा आए । त्यसैगरी “क” वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.६१ अंकले बढेर २६१.६ अंकमा पुगेको छ ।

यसदिन बजारमा कारोबारमा आएका ट्रडिङबाहेक सबै समूहको परिसूचकमा सुधार आउँदा नेप्से बढेको हो । ट्रेडिङ समूहको परिसूचकमा भने कुनै परिवर्तन आएन ।

बुधबार नेबिल बैंकको सबैभन्दा धेरै १ करोड ६२ लाखको कारोबार हुँदा कालिका माइक्रोक्रेडिट विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत सेयर मूल्य गुमाए । यसदिन गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १.९ प्रतिशत गुमाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij