काठमाडौं । मंगलबार १७ अंकले बढेको नेप्से परिसुचक बुधबार भने सामान्य घटेको छ । बुधबार परिसुचक शुन्य दशमलव ३९ अंकले घटेर १४ सय ७६ दशमलव ५१ अंकको बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।
आज बैंक, होटल, फाइनान्स र अन्य समूह बढेका छन् भने अन्य समूहमा गिरावट आएको छ । आज बैंकिङ समूह दुई दशलमव ३४ अंकले बढेको छ । त्यस्तै होटल समू ७ दशमलव ०७ अंकले, फाइनान्स समूह ११ दशलमव ८ र अन्य समूह २ दशमलव ३२ अंकले बढेको छ ।
त्यस्तै आज सर्वाधिक घट्नेमा बीमा समूह रहेको छ । यसका लगानीकर्तालै ५० दशलमव २३ अंकको घाटा बेहोरेका छन् । त्यस्तै विकास बैंक समूह ९ दशलमव ०७ अंकले र जलविद्युत समूह १२ दशमलव २५ अंकले घटेको छ ।
आज सबैभन्दा बढी नबिल ब्यालेन्स फण्डको ४ करोड ७४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको २ करोड ३६ लाख भन्दा बढीको शेयर किनबेच भएको छ ।
आज जम्मा १२० कम्पनीको ३६ करोड २५ लाख ५५ हजार ९५७ रुपैयाँको शेयर कारोवार भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij