२०८३ मंसिर ९ मंगलबार

Nov 24 2026 Tuesday

  • २०८३ मंसिर ९ मंगलबार

२०८३ मंसिर ९ मंगलबार

सामसङको त्रैमासिक नाफा ५० प्रतिशतले बढ्ने

सामसङको त्रैमासिक नाफा ५० प्रतिशतले बढ्ने

सोल । सामसङले चौथो त्रैमासमा सञ्चालन नाफा ५० प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । ग्यालेक्सी नोट सेभेन काण्डपछि ओरालो लागेको मोबाइल एकाइबाट भएको घाटामा अन्य वस्तुको व्यवसायले पूर्ति गर्ने देखिएपछि सामसङ इलेक्ट्रोनिक्सको नाफा बढ्ने कम्पनीले जनाएको छ ।

नियामक फाइलिङमा सामसङले गत वर्षको अक्टुबरदेखि डिसेम्बरसम्मको अवधिमा सञ्चालन नाफा ९२ खर्ब वन अर्थात् ७.८ अर्ब डलर हुने जनाएको छ । यस किसिमको नाफा अघल्लो वर्ष ६१ खर्ब ४० अर्ब वन मात्र थियो ।

यदि चौथो त्रैमासिक अवधिमा यो परिमाणको नाफा भएमा तीन वर्षकै उच्च कायम हुने बताइएको छ । म्याकुरे इक्विटिज रिसर्चका विश्लेषक ड्यानियल किमले यो नाफामा मोबाइल फोन विभागको महत्वपूर्ण योगदान रहेको बताए ।

यस किसिमको जानकारीप्रति लगानीकर्ताले सकारात्मक प्रतिक्रिया दिएका छन् । बिहानी कारोबारमा सामसङको सेयर मूल्य २ प्रतिशतले उकालो लागेको छ । सामसङका विविध किसिमका व्यवसायहरू जस्तै मेमोरी र ओएलईडी डिस्प्ले प्रतिस्पर्धी भएको विश्लेषकहरूले बताएका छन् ।

“सेमिकन्डक्टर विभाग आम्दानीको प्रमुख स्रोत भएको छ,” ड्यानियल यूले बताए ।

सामसङको कम्पोनेन्ट व्यवसायले उत्कृष्ट छाप छोड्न सक्षम रहेका मोबाइल फोनहरू एप्पललगायतलाई मेमोरी चिप्स र डिस्प्ले प्यानलको बिक्री वितरण गर्दै आएको छ ।

उच्च रहेको मेमोरी चिप्सको मूल्यले कोरियाली वनमा आएको अवमूल्यनले माग बढाएको बताए । गत वर्षको चौथो त्रैमासिक अवधिमा डलरको विनिमयमा वन ८.७३ प्रतिशतले अवमूल्यन भएको थियो ।

कम्पोनेन्ट व्यवसायको अवस्था यो वर्ष पनि राम्रो हुने अपेक्षा गरिएको छ । मोबाइल फोनको क्षेत्रमा भएको सुधारले सामसङको अवस्था सुदृढ भएको छ ।

चौथो त्रैमासिक अवधिमा पनि मोबाइल फोनको व्यवसाय सुधार हुने यो वर्ष बजारमा आउने अपेक्षा गरिएको नयाँ फ्ल्यागसिप ग्यालेक्सी एस–८ शृंखलाले यसलाई सहयोग गर्ने विश्लेषकहरूले बताएका छन् ।

नोट सेभेनमा आएको त्रुटिले सामसङको मोबाइल फोन विभागमा केही नराम्रो अवस्थाको सिर्जना गरेको थियो ।

आईडीसीको तथ्यांकले विश्व मोबाइल फोनको बजारमा सामसङको हिस्सा २० प्रतिशत हुने र दोस्रो स्थानमा रहेको एप्पलको हिस्सा औसतमा १२ प्रतिशत हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij