२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कुवेतको वातानिया एयरले भोलिदेखि कुवेत–काठमाडौँ सिधा उडान गर्ने

कुवेतको वातानिया एयरले भोलिदेखि कुवेत–काठमाडौँ सिधा उडान गर्ने


काठमाडौँ । भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान सुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले साताको ६ दिन कुवेत–काठमाडौँ सिधा उडान सुरु गर्न लागेको हो।

विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ।रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij