
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको परामर्शमा मूल्यवृद्धि गरेको निगमले देउवाकै निर्देशनमा फिर्ता लिएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुने जानकारी दिए ।
निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij