२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

साढे ३ अंकले घट्यो नेप्से

साढे ३ अंकले घट्यो नेप्से

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ३ दशमलव ६ अंकले ओर्लिएको छ। सो अंकको गिरावटसँगै नेप्से १४ सय ५४ अंकमा कायम भएको छ।

यस दिन सबै समूहहरु ओर्लिएका छन्। कारोबार रकम अघिल्लो दिनको तुलनामा बढे पनि सन्तोषजनक हुन सकेको छैन। १ सय २८ कम्पनीको ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

बैंकिङ २.३, होटल १५.८, विकास बैंक ४.८, जलविद्युत ४.२, फाइनान्स १.६, बिमा ४१ र अन्य समूह ०. ८ अंकले ओर्लिएका छन्।

कुमारी बैंक कारोबारका आधारमा अगाडि रह्यो। २ करोड ४४ लाखको सेयर कारोबार हुँदा मूल्य प्रतिकित्ता ५ सय ४७ कायम भएको छ। त्यस्तै शिखर इन्स्योरेन्स्को १ करोड ६८ लाखको कारोबार भयो

भने मूल्य २ हजार ३० कायम भएको छ। नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक र टेलिकम पनि कारोबारका आधारमा अगाडि रहे।

उच्च नाफाका आधारमा भने एनबि इन्स्योरेन्सका लगानीकर्ता रहे। सो कम्पनीको मूल्य ९. ८ प्रतिशतले बढ्दा कर्णाली विकास बैंकको मूल्य ९. ७ प्रतिशतले बढेको छ। नागबेली लघुवित्तका लगानीकर्ताले ५. ३ प्रतिशतको मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij