
काठमाडौं । कारोबार भएकामध्ये सबैजसो शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से सोमबार ४६ दशमलव ६२ अंकले बढेको छ । घट्दो क्रममा रहेको शेयर बजार आज भने लगानीकर्तालाई हौस्याउने गरेर बढेको हो ।
नेप्से परिसूचक १५ सय ६४ दशमलव ९० मा पुगेको छ । नेप्सेसँगै कारोवार रकम पनि बढेको छ । आइतबार ५१ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा सोमबार साढे ६० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्चले जनाएको छ ।
यस दिन कर्णाली डेभ्लपमेन्ट बैंक, बेष्ट फाइनान्स लिमिटेड र एनबी इन्सुरेन्सका शेयरधनीले १० प्रतिशत कमाएका छन् । शेयर बजार बढे पनि बिशाल बजार कम्पनी लिमेटेडका शेयर धनीले साढे २ प्रतिशत गुमाएका छन् । बैंक अफ काठमाण्डू लिमिटेडको सबैभन्दा धेरै १० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij