२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

गैरआवासीय नेपालीको आठौं विश्व सम्मेलन सुरु

गैरआवासीय नेपालीको आठौं विश्व सम्मेलन सुरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा संविधान निर्माणसँगै लगानीको वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सूचना तथा सञ्चारको क्षेत्रमा लगानी गर्न सुझाव दिएकी हुन् ।

‘महिला, युवा तथा नयाँ पुस्ताको सुदृढ भविष्यसँगै रूपान्तरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)’ भन्ने मूल नारासहित आठौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय अधिवेशन शनिबारदेखि काठमाडौंमा सुरु भएको हो ।

सम्मेलनमा राष्ट्रपतिले नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताइन् । उनले भनिन्, “यतिबेला नेपालमा लगानी गर्ने अवसर गैरआवासीय नेपालीका लागि अझ सहज र अनुकुल अवस्था छ ।” उनले एनआरएनले स्वदेशमा लगानी भिœयाउने मात्र नभएर नेपाल र नेपालीको गौरवमय पहिचानलाई संसारभर पु¥याउन गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका रहेको धारणा राखिन् ।

भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवं पुनःनिर्माणमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गर्दे उनले नेपालको समृद्धिले मात्र विदेशमा रहेका नेपालीको शिर उचाइमा पु¥याउने बताइन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल विकासका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै गैरआवासीय नेपालीले विदेशका आर्जन गरेको सिपलाई नेपालको आर्थिक विकासमा लगाउनु सुझाव दिए ।

“गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने सम्बन्धमा संविधानमा नै उल्लेख गरिएको र यसलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने संघीय कानुन बनाउने काममा सरकार लागिरहेको छ,” महराले भने, “गैरआवासीय नेपालीले नागरिकता पाएपछि नेपालमा गर्ने लगानीमा सहुलियत हुने, सिमित मात्रामा घरजग्गा खरिद गर्न पाउने लगायतमा प्रावधानको ग्यारेन्टी हुनेछ ।” यसका लागि सरकारले गैरआवासीय नेपाली नीति बनाउने सम्बन्धमा काम गरिरहेको उनको भनाइ छ ।

एनआरएनएका अध्यक्ष शेष घलेले ७७ देशमा ६० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउनुपर्ने बताए । उनले एनआरएनएले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप तथा प्रविधिलाई स्वदेशमा लगानी गर्न कोशिस गरिरहेको बताए । “विशेषगरी विदेशमा नेपालीले विज्ञता हासिल गरेको प्रविधि र सेवा क्षेत्रअनुसार नै नेपालमा लगानी गर्नु पर्छ,” उनले भने ।

उनले एनआरएनएमा ६० हजार सक्रिय सदस्य रहेको जनाउँदै सरकारले विदेशी लगानी आर्कषण गर्ने नीति बनाउन सके लगानी आउने निश्चित भएको बताए । यसरी नै अध्यक्ष घलेले अब एनआरएनएको संरचनालाई परिवर्तन गरेर संयुक्त राष्ट्रसंघ जस्तै विश्वभर प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउने समय आएको बताए ।

एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले विश्वभरका ७७ देशमा विस्तार भएको एनआरएनए ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ नेपालको विकासमा ३ वटा उद्देश्य लिएर अघि बढेको बताए । “नेपालको दीर्घकालिन आर्थिक विकासका लागि आर्थिक कुटनीतिलाई पनि सँगै लैजानु आवश्यक भएको छ,” उनले भने, “नेपालमा हालै सम्पन्न भएको स्थानीय निर्वाचन र अगामी दिनमा हुन लागेका २ वटा निर्वाचनसँगै देश आर्थिक विकासको बाटोमा अघि बढ्ने देखिएको छ ।”

यस्तै, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीहरूको नेतृत्व गर्ने संस्थाका रूपमा एनआरएनए विकास भएको जनाउँदै नेपालको समृद्धीको अभियानका रूपमा एनआरएनएको स्थापना भएको बताए । “अब छोटो समयमै आर्थिक समृद्धिको बाटोमा सबै नेपालीको एकै संकल्प भएर अघि बढनुपर्छ,” उनले भने, “६० लाख गैरआवासीय नेपालीले एक भएर नेपालको आर्थिक विकासमा लाग्नुपर्छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एनआरएनएको मागअनुसार नेपालमा लगानीको वातावरण बनाइनुपर्ने बताइन् । सोही अवसरमा एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनले एनआरएनएमा महिला नेतृत्वलाई अघि बढाइ समावेशी बनाउनुपर्ने सुझाव दिएका थिए ।
चार दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

सम्मेलनअन्तर्गत आइतबार बन्दशत्र र सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने आयोजकले जनाएका छन् । संघको अध्यक्ष पदका लागी उपाध्यक्ष भवन भट्ट, सदस्य जमुना घले, र सल्लाहकार टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपालीले गर्नसक्ने सामाजिक तथा आर्थिक विकासको सम्भावना, संघको स्वरूप परिवर्तन, लगायत विषयमा छलफल हुने सम्मेलनमा ७० भन्दा बढी देशका २ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij