२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

इन्भेष्टमेण्ट बैंकले दशैंमा पनि सेवा दिने

इन्भेष्टमेण्ट बैंकले दशैंमा पनि सेवा दिने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले दशैंको विदामा सेवा दिने भएको छ । बुधबारदेखि दशैंको सार्वजनिक विदा भएपनि देशभरका विभिन्न २२ शाखाबाट दशैं विदामा पनि सेवा दिने बैंकले जनाएको छ । सबै शाखाहरुमा विदामा पनि सेवा दिने गरी समय मिलाएको छ ।

मुख्य कार्यालय दरबारमार्ग बिहान ९ देखि १२ बजेसम्म सबै बिदाका दिन खुल्ने छ भने अन्य शाखा कार्यालयहरु तल उल्लेखित दिन र समयमा सञ्चालन हुने सो बैंकले जनाएको छ ।

यसैबीच, नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको ठमेलस्थित सातघुम्ती (काठमाण्डौ टुरिष्ट होम प्रा. लि.)मा आफ्नो उनान्सयौं (९९) एटिएम सेवा बिस्तार गरेको छ ।

पर्यटकहरुको बाक्लो आवतजावत हुने ठमेलमा स्थानीय उपभोक्तालाई तत्काल बैंकिङ कारोबार गर्न सजिलो होस भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको हो । बैंकले यसअघि देशका विभिन्न स्थानमा रहेका ९८ वटा एटिएम मार्फत आफ्ना उपभोक्ताहरुलाई बैंकिङ सेवा दिदै आइरहेको छ ।

रु ९ अर्ब २४ करोड चुक्ता पूंजी रहेको बैंकले ८ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्ना ६१ वटा शाखाहरू र विभिन्न शाखारहित बैंकिङ सुविधाहरूबाट सेवा पु¥याउँदै आएको छ । बैंकको हाल ४ लाखभन्दा बढी भिसा कार्ड प्रयोगकर्ता रहेका छन । यो बैंकले बैंक अफ द इयर पाँच पटकसम्म प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij