२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

टुँडिखेलमा संविधान दिवसको रौनकता, हेर्नुस १२ फोटोमा

टुँडिखेलमा संविधान दिवसको रौनकता, हेर्नुस १२ फोटोमा

काठमाडौं । नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस-२०७४ समारोह आयोजना गरिएको छ । उक्त अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो ।

मुलुकमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीमगरले ‘शान्तिका दूत’परेवा उडाइएका थिए ।

संविधानसभा मूल समारोह समितिले मंगलबार गरेको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटबाट विशेष मार्च पास गरिएको थियो भने विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर थिमि र कीर्तिपुर नगरपालिका तथा जिल्ला समन्वय समिति भक्तपुरले विशेष सांस्कृतिक प्रस्तुति झाँकी प्रदर्शन गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्बाट उसु, तेकान्दो र मुवा फाइट तथा नेपाली सेनाको सांगीतिक समूहबाट नेपाली राष्ट्रिय गीतको धुन प्रस्तुत गरिएको थियो ।

मूल समारोहका अध्यक्ष तथा प्रधानमन्त्री देउवाको सम्बोधनपछि कार्यक्रम समापन भएको थियो । कावा प्रधानन्यायाधीश दीपकराज जोशी तथा मन्त्रिगण, सांसद्, कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, प्राध्यापक, खेलाडी, नागरिक समाज, उद्योग व्यवसायी र सुरक्षाकर्मीको पनि सो अवसरमा सहभागिता थियो ।

तस्बिर सौजन्य : रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij