नेपाल वितरण संघ, काठमाडौंकोे १७ औं बार्षिक साधारणसभाले आज दुर्गाराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । काठमाडौंको नक्सालमा आयोजित एक विशेष कार्यक्रममा देशभरका वितरक व्यवसायीहरु तथा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका अन्य सम्बन्धित निकाय प्रतिनिधि समेतको संलग्नतामा भएको एक विशेष कार्यक्रम बीच वितरक व्यवसायीहरुको अवस्था, व्यवसायीका समस्या र तिनका समस्या सम्बन्धमा कसरी गर्ने भन्ने लगायतका विषयहरुमा छलफल समेत भएको छ ।
यस्ताे छ नयाँ कार्यसमिति ः
अध्यक्ष. – दुर्गाराज श्रेष्ठ
निवर्तमान अध्यक्ष – न्युच्छे नारायन मानन्धर
प्रथम उपाध्यक्ष – राजेन्द्र सिंखडा
द्वीतिय उपाध्यक्ष – लव कुमार श्रेष्ठ
महासचिव – रामहरि घिमिरे
कोषाध्यक्ष – यमनाथ पौडेल
सचिव. – योगेश श्रेष्ठ
सह -कोषाध्यक्ष – कृष्ण महर्जन
सदस्य. – नवराज दाहाल,
सदस्य – सुरेन्द्र कृष्ण श्रेष्ठ
सदस्य. – लोकेश्वरमान जोशी
सदस्य. – राजेश डंगोल
सदस्य. – राजू प्रसाद पौडेल
सदस्य. – अशोक कुमार कँडेल
नेपालमा अहिलेको अवस्थामा वितरक व्यवसायीहरु विभिन्न समस्याबाट प्रभावित रहेका र उनीहरुलाई बिना कुनै त्रास काम गर्ने वातावरण बन्नुपर्ने कुरामा नै केन्द्रित रहेर उपस्थित व्यक्तिहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा प्रतिनिधिमूलक संस्थाहरु धेरै भएको भन्दै सबै संस्थाहरु एकै ठाऊँमा आउनुपर्ने कुरामा जोड दिएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष न्हुच्छे नारायण मानन्धरले वितरकका समस्याहरु सम्बन्धमा आफ्नो धारणा राखे । उनले आपुर्ति व्यवस्था सहज बनाउनुपर्ने, वितरकको दृष्टिकोण परिवर्तन गरिनुपर्ने, वितरकको निम्ति छुट्टै ऐननियम आवश्यक, सामान आपुर्ति समय निर्धारण हुनुपर्ने, बैंक कर्जा वितरकको निम्ति उच्च रहेको लगायत सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
नेपाल चेम्बर अफ कमर्स राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेश संयोजक दिनेश श्रेष्ठ, नेपाल वितरक महासंघका अध्यक्ष डम्बर बहादुर थापा, महासंघका महासचिव हरि पन्त, संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, महासंघका कोषाध्यक्ष राज कुमार श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल, वितरक महासंघ कार्यसमिति सदस्य कृष्ण घिमिरे, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कालोबजारी के लाई भन्ने ? नाफाको आधार केलाई मान्ने ?
दिनेश श्रेष्ठ, एफएनसिसिआई -३ नम्बर प्रदेशका सभापति

कार्यक्रममा धारणा राख्ने क्रममा उद्योग वाणिज्य महासंघका दिनेश श्रेष्ठले वितरकहरुको भूमीका सराहनीय नै रहेको बताएका छन् । नेपालमा अहिलेको अवस्थामा सहज रुपमा काम गरेर खाने वातावरण नबनेको कारण सबैभन्दा पहिले यसको निम्ति उपयुक्त विकल्प खोज्न राज्य राज्य पक्षलाई आग्रह गरे ।
पछिल्लो समय दरबारमार्गमा भएको अनुगमनले व्यवसायीको मनोबल कमजोर भएको भन्दै श्रेष्ठले नेपालमा २० प्रतिशत सम्म मुनाफा लिन पाइने व्यवस्था रहेको तर यो नीति आफैंमा कस्तो प्रकृतिको कारोबारमा कसरी लागु गर्ने ? भन्ने सम्बन्धमा समेत स्पष्ट व्यवस्था नरहेको बताए ।
दिनेश श्रेष्ठको प्रश्न छ, कालोबजारी केलाई भन्ने ? नाफालाई के को आधारमा कायम गर्ने ? अनुगमनको क्रममा गरिने खोजतलासका आधारहरु के हुने ? लगायतका कुराहरु पहिले नै निर्धारित गर्नुपर्ने उनले बताएका छन् ।

मायोज सम्बन्धमा एफएनसिसिआईले पहल गरिदिनुपर्यो ः महासंघ अध्यक्ष डम्बर थापा
पछिल्लो झण्डै १ बर्ष देखि मायोज चाउचाउको कारण व्यवसायीहरु निकै नै समस्यामा छन् । अहिले कम्पनी सामान्य सम्पर्कमा छ तर समाधानको उपयुक्त पहल भने हुन सकेको छैन । यो समस्या समाधान गर्ने काम वितरक व्यवसायी र महासंघ अन्तरगत समाधान हुन नसकेको अवस्थामा यसलाई समाधानको निम्ति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरुले पनि पहल गरिदिनुपर्यो । यो हामी वितरकको मात्र समस्या होइन, सम्पूर्ण नेपाली निजी व्यवसायीहरुकै समस्या हो ।
वितरक संघ देखि महासंघ सम्मको यात्रा ः
नेपाल वितरक संघ १७ बर्ष देखि स्थापना भइ अहिलेको यस अवस्थामा आउँदा हामी आभार छौं । हाम्रा आन्तरिक समस्या त छँदैछन् । यस बीचमा विभिन्न आरोह अवरोहहरु आए । समयानुकुल विभिन्न क्षेत्रका ७ ओटा वितरक संघहरुको सक्रियतामा हामीले २०६६ मा नेपाल वितरक महासंघ स्थापना ग¥यौं । अहिले महासंघ ३१ जिल्लामा विस्तार भएको छ ।
नेपाल कतै विदेशीको डम्पिङ साइट त बन्दै छैन ? दुर्गाराज श्रेष्ठ
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष दुर्गाराज श्रेष्ठले नेपाल अहिले आयातमुखी मुलुक रहेको अवस्थामा विदेशी कम्पनीहरुले नेपालका वितरकहरुलाई कुनै पनि वखत नराम्रो

सँग फसाउन सक्ने भन्दै सचेत रहन समेत आग्रह गरेका छन् । उनले भने, नेपालमा सामान आयात गर्नेहरु पनि कतिपयले ठूला घराना भन्दै कार्टेलिङ गरिरहेका छन्, साना आयातकर्ताका आफ्नै समस्या छन् । संघका पूर्व अध्यक्ष एसपी ढकालको करोडौंको रकम फसेको र सम्बन्धित कम्पनी फरार रहेको भन्दै उनले कतै हाम्रो आयातकर्ता मूलूक नेपाल विदेशी कम्पनीहरुको डम्पिङ साइट त हुँदैछैन ? भन्दै प्रश्न मार्फत झस्काएर एकपटक सबैको ध्यान आफूतिर खिच्न सफल भए । साथै नेपालमा नै उद्योग सञ्चालन गरेर बसेका प्रतिष्ठित उद्योगहरुको नियत के छ भन्ने बुझ्न नसके मायोज प्रकरण जस्ता अन्य समस्या पनि आउन सक्ने श्रेष्ठले सङ्केत गरेका छन् ।

सचेत बन्नु जरुरी छ – केपी अवाल, अध्यक्ष, भक्तपुर चेम्बर
नेपाल सरकारले बनाउने नीतिबारे समयमा नै सबैलाई सचेत बनाउन सक्ने हो भने खुद्रा देखि माथिल्लो तह सम्मका समस्याहरु नै रोक्न सकिन्छ । हामी व्यावसायिक हकहितकै निम्ति स्थापना भएका हुनाले हामीले त्यस सम्बन्धमा पहल त गर्नैपर्छ ।
मायोजलाई काल पल्केको हामीले ठानेका छौं ः सविन श्रेष्ठ, अध्यक्ष, ललितपुर चेम्बर

मायोजको समस्याबाट धेरै व्यक्तिहरु प्रभावित छन् । तर अझ महत्वपूर्ण कुरा त के भने हामीले नेपालमा पहिलो पटक ठूलो घरानाबाट नियतवश भएको यस्तो घटना
लाई काल पल्केको रुपमा समेत बुझ्नुपर्ने हुन्छ । यस घटनाले हामीलाई निकै सतर्क रहन सचेत बनाएको छ । सबैको विश्वास रहेको कम्पनीबाट यस्तो हुनु निकै दुखद कुरा हो ।
साथै हामी व्यवसायीहरु पनि निकै कमजोर छौं । ललितपुरकै कुरा गर्ने हो भने वस्तुगत संघहरु ३ दर्जन रहेको संस्थामा मुस्किलले ८-९ ओटा संघहरु सक्रिय रहेको भेट्न गाह्रो पर्छ । हामीले बुझ्नुपर्छ कि सङ्गठन बलियो भएमात्र हामी सबै बलियो हुन सक्छौं ।

खुद्रामा मात्रै समस्या देखिन्छ ? कारण कहाँ छ ? पवित्र बज्राचार्य
केही दिन पहिले पसलहरु अनुगमन पश्चात् सिल गरी बन्द गरिएको छ । बाहिरबाट हेर्दा सबै सामानहरुमा समस्या खुद्रा तहमा नै देखिन्छ । तर खास समस्या कहाँ छ त ? समस्या त थोक, वितरक सबै तहमा छ । तर सबैभन्दा बढी प्रभावित हुने खुद्रा तह नै किन ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij