
वासिंटन । अन्तरिक्ष मानव (एलियन)हरूको सभ्यताका बारेमा अनुसन्धान गरिरहेका खगोलविदहरूले रेडियो तरंगहरूलाई पता लगाएका छन् ।
पुड्को आकाशगंगाको रूपमा चिनिएको ड्वार्फ ग्यालेक्सीबाट १५ पटक शक्तिशाली तरंगहरूलाई पता लागेको छ । यो पुड्को आकाशगंगा धर्तीबाट ३ अर्ब प्रकाश वर्ष टाढा रहेको छ । त्यो स्थानबाट १५ शक्तिशाली तरंग आएको जनाइएको छ ।
रेडियो तरंगका ती रहस्यमयी संकेतको स्रोत अज्ञात रहेको छ । कतिपयले ती तरंगहरू कालो छिद्र (ब्ल्याक होल वा बलियो चुम्बकिय क्षेत्रसँग घुमिरहेको न्युट्रोन स्टारहरूबाट आएको हुन सक्ने अडकल काटेका छन् । तर कतिपयले यो अलौकिक अन्तरिक्षबाट आएको कुनै संकेत हुन सक्ने बताएका छन् ।
भौतिकशास्त्रका प्राध्यापक स्टिफन हकिंग र रुसी इनटरनेट अर्बपति युरी मिलनरद्वारा १० करोड अमेरिकी डलरको लगानीमा अन्तरिक्षमा रहेका प्रतिभावान जीवनका संकेतहरू पता लगाउन स्थापित क्रमभंग श्रवण परियोजना( ब्रकेथ्रु लिसन प्रोजेक्ट)बाट यी संकेतहरू पता लगाइएका हुन् ।
यस अघि करिब १ दर्जन तीव्रगतिका रेडियो तरंगहरूलाई पता लगाइएको थियो । तर ती तरंगहरू केही मिलिसेकेन्डमा बिलाएर गयो । रेडियो टेलिस्कोप( रेडियो दूरदर्शक यन्त्र)हरूले कुनै निश्चित समयमा आकाशको कुनै सानो क्षेत्रमा मात्र यस्ता तरंगहरूलाई पता लगाउन सक्छन् ।
उनीहरूले पटक पटकका तरंगबाट मात्र त्यो कहाँबाट आएको हो थाहा पाउन सक्छन् । सन् २०१२मा एफआरबी १२११०२नामक तरंगलाई पता लगाइएको थियो । त्यो तरंग धर्तीबाट करिब ३ प्रकाश वर्ष टाढा रहेको हुन सक्ने विषयको आकलन गरिएको थियो ।
अहिले फेरि त्यही स्रोतबाट १५ पटक रेडियो तरंग आएको पहिचान गरिएको छ । यसको बारम्बारता विगतको संकेतहरूको तुलनामा उच्च रहेको पाइएको छ । तर त्यसको रहस्यबारे अहिले अझ प्रस्ट भइसकेको छैन् ।
श्रवण परियोजनामा जडान गरिएको श्रवण उपकरणले प्राप्त गरेको आंकडाका अनुसार सो तरंगको स्रोत नयाँ ढंगले सक्रिय भएको उल्लेख गरेको छ। यो उपकरणले रहस्यमय तरंगहरूलाई मापन गर्न सघाउने गरेको परियोजनाका अनुसन्धानकर्ता विशाल गज्जरले बताए ।
थाहा पाइएको नयाँ रेडियो तरंगले ब्रहमाण्ड बुझ्ने यो अभियानका लागि उत्साहप्रद भएको बर्कलेका निर्देशक एन्डरू साइमनले जनाए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij