२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पाल्पामा पाँच उत्कृष्ट महिला उद्यमी छनौट

पाल्पामा पाँच उत्कृष्ट महिला उद्यमी छनौट

काठमाडौं । ग्रामीण महिला उद्यम दु्रतिकरण कार्यक्रमबाट पाल्पा जिल्लाममा पाँच उत्कृष्ट महिला उद्यमी छनौट गरिएको छ । जिल्ला भरिका २५१ जना महिला उद्यमीहरु मध्येबाट उत्कृष्ट पाँच उद्यमीहरुलाई एक कार्यक्रमका बीच जनही पचास हजार र प्रमाण पत्र प्रदान गरिएको छ । उत्कृष्ट पाँच महिला उद्यमीहरुमा पविसरा रजाली, मानकुमारी गैरै, देवी मल्ल, विष्णु कार्की र गोमा भण्डारी रहेका छन् । उनीहरुले कृषि, पशु पालन, ढाकाका माध्यमबाट उद्यमशीलता सिर्जना गरेका छन् ।

आवेदन भरेको तथा ब्यवसायको निरीक्षणको आधारमा उत्कृष्ट ४० उद्यमीको छनौट गरिएको थियो । फेसबुक भोटिंग, एसएमएसको आधारमा उत्कृष्ट २० तथा उत्कृष्ट २० उद्यमीको ब्यवसाय गरिरहेकै स्थानमा गएर निर्णायक टोलीद्वारा प्रत्यक्ष रुपमा ब्यवसायको अवलोकन, निरीक्षणको आधारमा उत्कृष्ट १० उद्यमीको छनौट गरिएको थियो । त्यसरी उत्कृष्ट १० मा पर्न सफल भएको उद्यमीले जनही पच्चिस हजार तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

उत्कृष्ट पाँच उद्यमी छनौटका क्रममा पनि उद्यमीको कार्यस्थलमै गएर पुनः निर्णायक टोलीद्वारा प्रत्यक्ष रुपमा ब्यवसायको अवलोकन, निरीक्षणको आधारमा गरिएको हो । जिल्लाका उद्यमीहरु मध्ये छनौटमा परेका उत्कृष्ट दश उद्यमीहरु मध्येबाट उत्कृष्ट छनौट पाँच छनौटका लागि उनीहरुले योजना बनाउने र सोही अनुसारको कार्यलाई ब्यवहारिक अभ्यासको अवस्था हेरिएको इनोभेषन एक्सन पाल्पाका अध्यक्ष माधव बस्यालले बताए ।
उत्कृष्ट पाँच महिला उद्यमी घोषण कार्यक्रममा कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी पाठकले समयको परिवर्तनसँगै महिलाहरु पनि चुल्होचौकामा मात्र सिमित नरहेको बताइन् । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले उद्यमशीलताका लागि निरन्तर लगावका साथै ब्यावसायीक योजना आवश्यक पर्ने बताए ।

कार्यक्रममा बोल्ने जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले महिला उद्यमशिलता लगनशिलता तथा कडा परिश्रमले सम्भव हुने भएकोले आत्म निर्भर बन्नका लागि महिलाहरुको सशक्त माध्यम भएको बताएका थिए ।

दायित्वले उत्कृष्ट २० महिला उद्यमीहरुलाई ब्यवसायीक ढाँचा मार्फत ब्यवसाय साक्षरता तालिम प्रदान गरेको थियो भने उत्कृष्ट दश महिला उद्यमीहरुलाई विभिन्न चरणमा ब्यवसाय दर्ता, ब्यवसायको मूल्य श्रृंखला, महिला नेतृत्व विकास तालिम प्रदान गरेको थियो ।

यसैगरी उद्यमीको १०० दिने ब्यवसायीक अभियानको पनि तालिम दिएको थियो । यस तालिम पश्चात उद्यमीले ब्यवसायलाई अझ राम्ररी अगाडी बढ्न सकुन् भनेर १० हजारका दरले उत्कृष्ट दश उद्यमीहरुलाई प्रदान गरिएको कार्यक्रम अधिकृत मिनू मर्हजनले बताइन् । यस कार्यक्रमका लागि पाल्पा जिल्लामा दायित्वले इन्नोभेषन एक्सन पाल्पासँग सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij