काठमाडौं । कतार एयरवेजले १ सेप्टेम्बरदेखि आफ्नो दोहा–काठमाडौं उडान संख्या थप गर्ने भएको छ । सेप्टेम्बर तथा अक्टोबरमा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्या मागलाई सम्बोधन गरी यात्रुलाई सहजताको अनुभव दिन उडान थप गर्न लागिएको हो ।
थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए ३२० को व्यवस्था गरेको छ । १ सेप्टेम्बरदेखि दोहाबाट १०:२५ मा छुटेर सो विमान काठमाडौंमा ८:५५ मा अवतरण गर्ने कम्पनीले जनाएको छ । थप गरिएको उडानले चाडपर्वका लागि नेपाल भ्रमणका लागि निस्कने यात्रुलाई सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य छ ।
‘चाडपर्वका लागि नेपाल फर्कन चाहने नेपाली तथा अन्य यात्रुमार्फत बर्सेनि हामीलाई बढ्दो संख्यामा माग हुँदै आइरहेको छ । मागको समाधानस्वरूप उडान संख्या थप गरी यात्रुलाई सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौं,’ कतार एयरवेज ग्रुप चिफ एक्जेक्युटिब महामहिम अकबर अल बाकरले भने, ‘थप गरिएको उडानले हाम्रा यात्रुलाई नेपाल भ्रमण तथा अनुभवका लागि थप अवसर प्रदान गर्ने हामीले विश्वास लिएका छौं ।’
१ सेप्टेम्बरदेखि थप गरिने उडानका साथमा कतार एयरवेजले दोहा र काठमाडौंका दैनिक चार उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यसले यात्रुलाई आफ्नो आवश्यकता अनुसार उडान तालिका छनोटको अवसरसमेत प्राप्त हुने कम्पनीको विश्वास छ । थप उडान सेवा प्रदान गर्न सञ्चालनमा ल्याइने एयरबस ए ३२०मा १२ बिजनेस क्लास सिट र १ सय ३२ ओटा इकोनोमी क्लासका सिट रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij