मुलुकको पर्यटन उद्योगले बिस्तारै गति लिइरहेका बेला पाँच अर्ब रुपैयाँ बराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा पाँचतारे स्तरको एक रिसोर्ट सञ्चालनमा आउन लागेको छ ।
अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको रिसोर्ट भदौ ३० गतेबाट सफ्ट ओपनिङ हुँदैछ । आजको नागरिकमा खबर छ ।
-रिसोर्टको नाम टाइगर प्यालेस रिसोर्ट राखिएको छ । यस हाेटलमा पहिलो चरणमा सय कोठा सञ्चालनमा आउने छन् ।
-दोस्रो चरण (आगामी कार्तिक दोस्रो सातादेखि मंसिर दोस्रो साता) मा थप तीन सय कोठा पाहुनाका लागि तयार हुनेछन् ।यसका सबै कोठा डिलक्स हुनेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij