२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बाढी प्रभावित क्षेत्रहरुमा उपभोग्य वस्तुको मूल्य अकासियो

बाढी प्रभावित क्षेत्रहरुमा उपभोग्य वस्तुको मूल्य अकासियो

कैलाली । बाढी प्रभावित क्षेत्रहरुमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ ।

लगातारको बर्षाले विभिन्न राजमार्गमा गएको पहिरो र तराई क्षेत्रमा भएको डुबानका कारण सवारी आवागमन नै ठप्प भएपछि दैनिक उपभोग्य वस्तुको भाउ अकाशिएको हो ।

हरिया सागसब्जीलगायतका तरकारीजन्य सामानको भाउ अकासिएसँगै सर्वसाधारणलाई दैनिक गुजारा गर्नै कठिन परेको छ ।

विगतमा प्रतिकेजी ६० रुपैयाँमा पाइने गोलभेडाको मूल्य अहिले किलोको १ सय ४० रुपैयाँसम्म पुगेको छ ।

तरकारीको भाउ पनि दोब्बर भएको छ । अत्यधिक महंगीका कारण छाक टार्नै समस्या भएको गुनासो उपभोक्ताको छ ।

व्यापारीहरुले ढुवानी गर्नै समस्या भएका कारण मूल्यवृद्धि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij