२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उर्जामन्त्री भन्छन् : हिउँदमा पनि लोडसेडिङ हुँदैन

उर्जामन्त्री भन्छन् : हिउँदमा पनि लोडसेडिङ हुँदैन

काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले आउँदो हिउँदमा देशैभरि लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

ललितपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको काममा कतैबाट पनि अवरोध नभए आउँदो हिउँदसम्ममा देशैभरि लोडसेडिङ हुन नदिने गरि कार्ययोजना बनाएर लागू गर्ने बताउनुभयो ।

लोडसेडिङ हुन नदिनु आफ्नो अहिलेको सवैभन्दा ठूलो चुनौती रहेकाले मन्त्रालय र प्राधिकरणको काममा सरोकारवाला मन्त्रालय, निकाय, विद्युत उपभोक्ता र आम नागरिकको पनि सहयोग आवश्यक पर्ने मन्त्री शाहीको भनाइ थियो ।

जलविद्युत नेपालको विकासको सवैभन्दा बलियो श्रोत हुँदाहुँदै पनि अहिलेसम्म यसको उपयोग गर्न नसकिएकाले अब वैदेशिक लगानीमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले देशभित्रकै लगानीबाट जलविद्युत आयोजना बनाउने कुरा सुन्दा राम्रो लागेपनि ठूला आयोजना निर्माण गर्नका लागि आवश्यक पर्ने लगानी जुटाउन नसकिने भएकाले साना, सस्ता र सजिला आयोजना नेपालको लगानीमा र ठूला र महंगा आयोजना विदेशी लगानीमा बनाउने मोडललाई आफूले जोड दिने जानकारी पनि दिनुभयो ।

बुढीगण्डकी आयोजनाका बारेमा आफूले विस्तृतमा अध्ययन गर्न नपाएको र अध्ययन गर्दा त्यसले नेपाललाई घाटा पुर्याउने देखिए आयोजनासम्झौता रद्द गर्ने प्रतिवद्धता पनि उर्जा मन्त्री शाहीले जनाउनुभयो ।

मन्त्रालयले स्मार्ट प्रविधीको उपयोगलाई विशेष जोड दिने जानकारी दिंदै उहाँले प्राधिकरणले बनाएको पुर्वाधार प्रयोग गरेर मोबाइल तथा इन्टरनेट कम्पनीले अरबौँ रुपैयाँ कमाएको उदाहरण दिँदै अब स्मार्ट गृड प्रणाली लागू गर्ने तयारी शुरु गरेको पनि बताउनुभयो ।

आधुनिक प्रविधीको उपयोग, विजुली चोरी नियन्त्रण, विदेशी लगानी र स्वदेशी पुँजीलाई प्रोत्साहन मार्फत आफूले नेपाली उर्जा क्षेत्रमा दीर्घकालीन महत्वका काम थाल्न लागेको मन्त्री शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij