२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनचाँदीको भाउ फेरि घट्यो

सुनचाँदीको भाउ फेरि घट्यो

काठमाडौं । सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा ४ सय तथा चाँदीको भाउ १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा झरेको छ । बुधबार तोलामा दुई सय रुपैयाँ घटेर ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार १० रुपैयाँ घटेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij