काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्यमा २५ रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य घटेसंगै नेपालमा पनि घटाएको हो ।
घटेको मूल्य अनुसार बजारमा खाना पकाउने प्रतिसिलिण्डर ग्याँसको मूल्य १ हजार ३२५ रूपैयाँ कायम भएको छ । उक्त घटेको मूल्य मंगलबार राति १२ बजे देखि लागु हुने निगमका प्रवत्ता सिताराम पोखरेलले जानकारी दिएका छन् । मूल्य घट्नअघि प्रतिसिलिण्डर ग्यासको मूल्य १ हजार ३५० रुपैयाँ रहेको थियो ।
मूल्य घटाए पनि निगमलाई एक सिलिण्डर ग्याँसमा ७४ रुपैयाँ ९० पैसा नाफा हुने जानकारी दिएको छ ।
पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।
नयाँ दररेट अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा हुने निगमको भनाइ छ । तर डिजेलमा १ रुपैयाँ १८ पैसा घाटा हुने जनाएको छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ पैसा नाफा, आन्तरिकतर्फको हवाई इन्धनमा ९ रुपैयाँ १६ पैसा नाफा, बाह्य हवाइ इन्धनतर्फ २० रुपैयाँ २९ पैसा नाफा हुने जानकारी दिएकोे छ ।
अहिले बजारमा प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४/७४ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य ८२ रुपैयाँ रहेको जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij