२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जलवायु परिवर्तनमा थाेपा सिँचार्इ प्रविधिकाे भूमीका किन छ महत्वपूर्ण ?

जलवायु परिवर्तनमा थाेपा सिँचार्इ प्रविधिकाे भूमीका किन छ महत्वपूर्ण ?

- विज्ञसँग राखिएका केही जिज्ञासाहरू

संसार परिवर्तनशिल छ । विगतमा भएका जीवजन्तु तथा बोटबिरुवाहरू कतिपय लोप भइसके भने कतिपय खतराको सूचीमा समेत रहेका छन् । प्राकृतिक रूपमा हुने यस्ता परिवर्तन विस्तारै हुने भएकाले जीवजन्तु, वनस्पति एवं मानव समुदायले सहन सक्छन् र आफूलाई सोही बमाेजिम नै समायोजन गर्छन् । तर जब यो परिवर्तन मानव सिर्जित हुन्छ, तब यसको प्रभाव छिटो देखिन्छ र दुष्प्रभावबाट बच्न उपयुक्त व्यवस्थापनको खाँचो पर्छ । वर्त

राजन गैरे, प्रमुख कार्यकारी अधिकृत, नेपाल एग्रो लाइभ प्रा. लि.

मान समयमा बढ्दो जनसङ्ख्याकाे कारण यसका नकारात्मक प्रभावहरु जताततै देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण हाम्रो प्रकृतिले आफ्नो अस्तित्व जोगाउनको लागि ठूला चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसबाट हामी वरपरको वातावरण पनि अछुतो रहन सकेको छैन ।
वातावरणमा देखिएको यस्तो नकारात्मक प्रभावका कारण बदलिंदो जलवायुमा प्राकृतिक स्रोत र साधनहरु मात्र होइन सम

ग्र मानवीय अस्तित्व जोगाउन नै गम्भीर चुनौतीका रुपमा देखापरेको यो समयमा नेपालका पहाडी तथा उच्च पहाडी जिल्लाहरुमा थोपा सिँचाई प्रविधिको माध्यमबाट केहि हदसम्म भएपनि याे सङ्कट कमी गराउन तल्लिन परिरहेका व्यक्ति हुन् राजन गैरे ।    

थोपा सिंचाई प्रविधि विस्तारले साँच्चिकै जलवायु परीवर्तनको असरलाई रोकथाम गर्न सक्छ भनी कृषिक्षेत्रकाे विकास तथा प्रवद्र्धनको क्षेत्रमा संलग्न रही वहस चलाउँदै अाएका उनले नेपाल एग्रो लाइभ प्रा.लि. प्रमुख कार्यकारी अधिकृतको भूमीका निर्वाह गरिरहेका छन् । याे संस्था कृषि प्रविधि, तालिम तथा प्राविधिक सेवामा विशेष सहयोग गर्ने उद्धश्यले स्थापना भएको हो । निरन्तर रुपमा कृषिकै प्रवद्र्धनमा लागिरहेका गैरेसँग सेताेघर डट कमले थोपा सिँचाई प्रविधि तथा जलवायु परिवर्तनको सम्बन्धमा रहेर गैरेसँग ५ प्रश्न राखेकाे थियो ।

थोपा सिँचाई प्रविधि के हाे ? 
मानवीय क्रियाकलाप तथा प्राकृतिक अस्थिरताका कारण लामो समयावधिमा जलवायुमा हुने कुनै पनि किसिमको परिवर्तन नै जलवायु परिवर्तन हो । सुख्खा तथा पानीको पँहुच नभएका ठाँउमा समेत कम पानीबाट थोपा सिँचाई प्रविधिले सिँचाई गर्न मिल्ने भएकाेले यस्तो ठाँउमा हराभरा बनाउने काम थोपा सिँचाई प्रविधिले नै गर्दछ । अर्थात न्युन पानीबाट पनि उत्तिकै उत्पादन लिन सकिने प्रविधि थोपा सिँचाई प्रविधि हो । थोपा सिँचाई पविधि पानी बचतको साथसाथै पानीको कमी भएका क्षेत्रमा सरल, सस्तो र न्युनतम मानव श्रम चाहिने तथा साना इकाइमा विभाजन गर्न सकिने प्रविधि हो । जसले ड्रिपरबाट पानीको प्रवाह नियमित गर्दछ र बिरुवामा पानी सिँचनमा अड्चन हुनबाट रोकथाम गर्दछ । ड्रिपरबाट वाष्पिकरण तथा चुहावट नहुने गरी पानी सोझै बिरुवाको जरामा पर्दछ । यसर्थ थोपा सिँचाई प्रविधि पानी बचत गरी सिँचाई गर्ने कृत्रिम तरीका पनि हो ।

थाेपा सिँचार्इ प्रविधिले जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई कसरी जोगाँउछ ?

परम्परागत सिँचाईको तुलनामा यस प्रविधिबाट ६० प्रतिशत भन्दा बढी पानी बचत हुन्छ । पानी बचतको साथै यस प्रविधिबाट मलखाद र बिरुवालाई आवश्यक पर्ने पोषणतत्व पानीमा घुलन गरेर विस्तारै विरुवाको जरामा हाल्न सकिने समेत भएकोले जरालाई मल तथा बिरुवालाई आवश्यक पोषणतत्व प्रयाप्त मात्रामा मिल्दछ । थोपा सिँचाई विरुवाको जरामा मल तथा पोषणतत्व पुर्याउने कुशल विधि पनि हो । यो प्रविधिले बालीको उत्पादकत्वमा वृद्धि गर्दछ र उत्पादन भएका बालीहरु गुणस्तरीय पनि हुन्छन् । थोपा सिँचाई प्रविधिले जलवायु परीवर्तनबाट हुने समस्या मध्ये बालीको उत्पादन कम हुने समस्यालाई पनि कम गराँउछ र उत्पादन बढाँउछ ।
थोपा सिँचाई प्रविधि विस्तारसँगै जलवायु परिवर्तनकाे क्षेत्रमा पनि काम सुरु गर्न थाल्नुभएको हो र ?
जलवायु परिवर्तनका कारण पानी पर्ने परम्परागत पद्धतिमा परिवर्तन भई कतिपय स्थानहरुमा धेरै पानी पर्ने र कतिपय स्थानहरुमा पानी पर्दै नपर्नेकहींकतै अनावश्यक रूपमा अधिक पानी पर्ने गरेको समेत देखिन्छ । फलस्वरुप अतिवृष्टिका कारण बाढी र पहिरो जाने तथा अल्पवृष्टिका कारण सुख्खा खडेरीको समस्या भोग्नुपर्ने अवस्था छ । यो समस्या हामी सबैको समस्या हो र यसलाई न्युनिकरण गर्न हामी सबैको दायित्व पनि हो, मैले यहि कामबाट पनि जलवायु परीवर्तनबाट हुने नकारात्मक असरलाई केहि हदसम्म भएपनि कम गर्न सक्छु भने किन कन्जुस्याईं गर्ने ?

जलवायु परिवर्तनबाट बच्न के गर्ने त ?

विश्वव्यापी रूपमा हजारौं तापमापक यन्त्रहरूबाट जमिन र महासागरमा गरिएको मापनले सन् २००१ सम्मको एक शताब्दीमा पृथ्वीको सतहको औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ । समग्र अधिकतम तापक्रममा वृद्धि र हिउँ पर्ने दरमा कमी आएको पनि पुष्टि भएको छ । विगत तीन दशकदेखि भू-उपग्रह मार्फत संकलन गरिएको तथ्यांकको अध्ययनबाट पृथ्वीको सतह र वायुमण्डलको तल्लो सतहको तापक्रम वृद्धि भइरहेको पाइएको छ । यसको असर नेपालमा पनि बढ्दै छ, यसबाट बच्न हामीले ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आत्मसात् गर्दै जानुपर्छ ।

अन्त्यमा केहि भन्नुहुन्छ ?
जलवायु परिवर्तन एउटा गम्भीर विषय हो, जसले सम्पूर्ण क्षेत्र र हाम्रो जीवनको प्रत्येक पक्षलाई प्रभाव पार्दै गएको छ । यसको प्रभाव दीर्घकाल सम्म पर्ने देखिन्छ । जलवायु परिवर्तनकामुख्य २ कारण भनेका प्राकृतिक कारण र मानवीय क्रियाकलाप नै हुन् । वायुमण्डल, महासागर, जमिन र सौर्यीकरण बीचको अन्तक्रियाले गर्दा जलवायुमा हुने परिवर्तनलाई प्राकृतिक कारण मानिन्छ । हरितगृह ग्यासको वृद्धि मानवीय क्रियाकलापकाे कारण सिर्जना भएको मानिन्छ । त्यसैले सबैले आफ्नो तर्फबाट जलवायु परिवर्तनलाई जोगाउने प्रयास गरौँ भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij