२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मुलुकभर ६८.५ प्रतिशत धान रोपियो, सबैभन्दा बढी पहाडमा

मुलुकभर ६८.५ प्रतिशत धान रोपियो, सबैभन्दा बढी पहाडमा

काठमाडौं । मुलुकभर अहिलेसम्ममा ६८.२९ प्रतिशत धान रोपिएको छ । सरकारले चालू आर्थिक वर्ष १५ लाख ५२ हजार ४६९ हेक्ट क्षेत्रफल जमिनमा धान रोप्ले लक्ष्य राखेकोमा सोमबारसम्म मुलुकभर १० लाख ६० हजार १३२ आर्थात साढे ६८ प्रतिशत धान क्षेत्रफल जमिनमा रोपेर सकिएको छ ।

कृषि विकास मन्त्रालय, कृषि प्रसार निर्देशनालयले दिएको जानकारी अनुसार हालसम्म सबैभन्दाबढी मध्य पहाडमा ७९.२३ प्रतिशत धान रोपिएको छ । त्यस्तै उच्च पहाडमा ७४.१६ प्रतिशत र तराईमा ६३.९८ प्रतिशत धान रोपिएको छ । ती भेगहरुमा क्रमशः ३ लाख १६ हजार हेक्टर, ४३ हजार हेक्टर, ७ लाख हेक्टर क्षेत्रफ जमिनमा धान रोपिएको हो । लक्ष्य अनुसार हालसम्म मध्य पहाडमा बढी धान रोपिए पनि क्षेत्रफलको आधारमा भने, तराइ भेगमा बढी धान रोपिएको छ । यस वर्ष मध्य पहाडमा करिब ४ लाख हेक्टर जमिनमा भने तराईमा त्यसको दुुईगुणाबढी १० लाख हेक्टर जमिनमा धान रोप्ने सरकारको लक्ष्य छ ।

निर्देशनालयको तथ्याङ्क अनुसार पूर्वाञ्चल विकास क्षेत्रमा २ लाख १८ हजार हेक्टर जमिन अर्थात ४८.९३ प्रतिशत क्षेत्रफल जमिनमा धान रोपिएको छ । त्यसैगरी मध्यमाञ्चल विकास क्षेत्रमा २ लाख ७७ हजार आर्थात ६३.२७ प्रतिशत, पश्मिाञ्चलमा २ लाख ६५ हजार आथार्त ८४.९२ प्रतिशत, मध्य पश्चिमाञ्चलमा १ लाख २४ हजार आर्थात ६९.९१ प्रतिशत र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रफलमा १ लाख ७४ हजार हेक्टर क्षेत्रफल अर्थात ९८.५८ प्रतिशत जमिन धान रोपिएको निर्देशनालयले जानकारी दिएको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभरी आवश्यक मात्रामा मलखाद्य, विउ, प्रविधि लगायत उपलब्ध पु¥याएको भन्दै कृषि विकास मन्त्रालयले गएको वर्षभन्दा साढे ३ प्रतिशत बढी ५४ लाख टन धान उत्पादन गर्ने लक्ष्य राखेको छ । गएको आर्थिक वर्ष २०७३÷०७४ मा मुुलुकमा ऐतिहाँसिक रुपमा सबैभन्दाबढी ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो ।

मुलुकको अर्थतन्त्रमा धानको योगदान महत्वपुर्ण रहेको छ । नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान २९ प्रतिशत रहेकोमा धानको हिस्सा मात्रै २० प्रतिशत रहेको धान विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार धानको मात्रै योगदान ४÷५ प्रतिशत छ । त्यसैले पनि धानको उत्पानदलाई नेपालको अर्थतन्त्रमा महत्वकासाथ हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij