२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सामसङको आम्दानी एप्पलको भन्दा बढी

सामसङको आम्दानी एप्पलको भन्दा बढी

सोल । चालू वर्षको दोस्रो त्रैमासमा सञ्चालन नाफाको दृष्टिकोणबाट सामसङले एप्पललाई उछिन्ने देखिएको छ ।

सामसङले अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा १४ ट्रिलियन वन अर्थात् १२ अर्ब अमेरिकी डलरको कीर्तिमानी उच्च आम्दानी सार्वजनिक गर्ने अनुमान गरिएसँगै यो परिदृश्य सार्वजनिक भएको हो । गत वर्ष सामसङले ८.१४ ट्रिलियन वनको आम्दानी सार्वजनिक गरेको कम्पनीले गत साताको नियामक फाइलिङमा उल्लेख गरेको थियो ।

दोस्रो त्रैमासमा एप्पलको आम्दानी १०.५ अर्ब डलर हुने अपेक्षा गरिएको छ । यो आम्दानीभन्दा सामसङको आम्दानी फराकिलो अन्तरले बढी हो । त्रैमासिक आम्दानीमा सामसङले एप्पललाई पछाडि पारेको यो पहिलो पटक हो ।

अमेरिकी कम्पनीसँग सामसङले अन्तर कम गरे पनि चालू वर्षमा एप्पल अझै पनि शीर्ष प्रविधि कम्पनीका रूपमा भने रहि नै रहनेछ । यो वर्ष एप्पलले ६०.६ अर्ब डलरको सञ्चालन आम्दानी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसैबीच सामसङको भने ४९ देखि ५३ ट्रिलियन वनको सञ्चालन आम्दानी सार्वजनिक गर्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो अर्धवार्षिक अवधिमा नयाँ आईफोन ल्याउने भएकाले वर्षको अन्त्यतिर एप्पलले राम्रो आम्दानी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।अमेरिकी प्रविधि कम्पनीको २०१७ को आर्थिक वर्ष २०१६ को सेप्टेम्बर २५ मा सुरु भएर २०१७ को सेप्टेम्बर ३० मा सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij