२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तोलामा २ सय सस्तियो सुन

तोलामा २ सय सस्तियो सुन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि तोलामा २ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ प्रतितोला ५२ हजार ८ सय रुपैयाँ छ । अघिल्लो दिन सुन तोलामा ५३ हजार रुपैयाँमा कारोवार भएको थियो ।

गत शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ त्यसपछि लगातार घट्दै गएको छ । आज चाँदीको भाउ पनि ७ सय ५ रुपैयाँ प्रतितोला पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय १० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij