
काठमाडौं । सरकारले ‘विज्ञापन रहित नीति –२०७३’ लागु गर्ने तयारी गरिरहेको छ । सरकारले उक्त नीति लागु गर्ने भनिरहदा विभिन्न टेलिभिजन व्यवसायीलेहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले त्यसलाई रद्द गर्न माग राखेका छन् ।
उनीहरुको अनुसार निती रद्द गर्न माग गर्दै प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्न्त्रालयका सचिवलाई आइतबार मात्रै ज्ञापनपत्र पेश गरिएको छ ।
उनीहरुको अनुसार अहिले नेपालमा प्रशारण भएका ९५ प्रतिशत विज्ञापन सहितका विदेशी च्यानलहरु छन् । ती च्यानलहरुको नेपालका लागी विज्ञापन रहित ‘फिड’ छैन । भारतीय प्रशारक फोरमले समेत नेपालको लागि ‘क्लीनफीड’ उपलब्ध गराउन नसकिने जानकारी गराएको भन्दै नेपालका लागी अलग्गै ‘फिड’ तयार गरी प्रशारण गर्न सम्भव नभएको उनीहरुको भनाइ छ । त्यसैले विज्ञापन रहित नीति लागु नगर्न माग गरेको उनीहरुको तर्क छ ।
व्यवसायीहरुले नेपाली ‘डीटीएच’ कम्पनी तथा केबल कम्पनीहरुका लागि बिक्रियोग्य बस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने बताएका छन् । सरकारले असार मसान्तभित्र विज्ञापन रहित नीति, २०७३ रद्द नगरे लगत्तै साउन १ गते देखि नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण हुने केवल टिभी लगायत सम्पूर्ण विदेशी तथा स्थानिय टेलिभिजनहरु बन्द गर्ने बताएका छन् ।
नेपाल केवल टेलिभिजन महासंघ, डिस होम नेपाल, डिजिटल सिष्टम अफ नेपाल प्रालि लगायतका व्यवसायी संघ संस्थाले संयुक्त रुपमा विज्ञप्ती जारी उक्त चेतावनी दिएको छ । साथै उनीहरुले त्यसबाट प्रशारक तथा उपभोक्तामा पर्न जाने असर जिम्मेवार नेपाल सरकार हुन पर्ने जनाएका छन् ।
व्यवसायीहरुले उक्त नीति लागु गरिएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धरासायी हुन जाने र यस क्षेत्रमा गरीएका अरबौ रुपैयाँ लगानी खेर जाने उनीहरुले दावी गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij