२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘काठमाडौंलाई विश्वकै आकर्षक पर्यटकीय सहर बनाउँछौं’

‘काठमाडौंलाई विश्वकै आकर्षक पर्यटकीय सहर बनाउँछौं’

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई विश्वकै आकर्षक पर्यटकीय सहर बनाउने उद्घोषक गरेका छन् ।

शुक्रबार राजधानीमा सम्पन्न होटल संघ नेपाल (हान) को अर्धवार्षिक साधारणसभामा बोल्दै शाक्यले सफा र सुन्दर काठमाडौं निर्माणका लागि खटिरहेको बताउँदै सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

“हामीसँग काम गर्ने जोस र जाँगर भए पनि कानुनी तथा अन्य अड्चनले काम गर्न सकिएको छैन,” उनले भने, “तर, निराश हुनुपर्दैन, हामी काठमाडौंलाई विश्वकै आकर्षक पर्यटकीय सहर बनाउँछौँ ।” काठमाडौंलाई नो–माक्स सिटी र बस्न लायक सहर बनाउने योजना रहेको उनले बताए ।

हानले प्राथमिकता पर्यटन प्रडक्टको विकास हुनुपर्ने अवधारणा प्रस्तुत गरेको छ । हानले व्यावसायिक वातावरण मिलाउन अव स्थानीय जनप्रतिनिधि मुख्य जिम्मेवार भएकाले सहकार्य गरी अगाडि बढ्न आग्रहसमेत गरेको छ ।

संघका अध्यक्ष अमरमान शाक्यले स्थानीय जनप्रतिनिधिले राजनीतिक आस्थाभन्दा माथि उठेर पर्यटन विकास र प्रवद्र्धनमा लाग्न अनुरोध गरे । सरकार, जनप्रतिनिधि, निजी क्षेत्र सबैको साझा चुनौतीका रूपमा विद्यमान अवसरबाट बढी रोजगारी, बढी आम्दानी, बढी राजस्व बढाउने दायित्व आएको बताउँदै शाक्यले, “यो जिम्मेवारी सफलतापूर्वक बहन गर्नुपर्छ ।”

अध्यक्ष शाक्यले काठमाडौंलगायत प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी तथा हिमाली क्षेत्रहरूमा साना ठूला गरी सयौंको संख्यामा नयाँ होटल रिसोर्ट खुल्ने क्रम जारी रहेकाले अध्यक्ष साक्यले सन् २०२० सम्मा ४ हजार तारे होटलका थप कोठाहरू थपिने बताए ।

समेत हिल्टन, मेरियट, सेराटनलगायतका अन्तर्राष्ट्रिय चेन होटलहरू नेपाल सक्रिय रहेको बताउँदै पर्यटनको आगमनमा उल्लेख्य वृद्धि गरी पर्यटन उद्योगमा गरिएको ठूलो लगानीको सुनिश्चितता गरिनुपर्ने साक्यले बताए । हानले शुक्रबार काठमाडौं उपत्यकाका नवनिर्वाचित जनप्रतिनिधि समक्ष हान श्वेतपत्रसमेत सार्वजनिक गरेको छ ।

कार्यक्रममा मुख्यसचिव सोमलाल सुवेदीले मुलुक राजनीतिक संक्रमणकालबाट बाहिर निस्कने क्रममा रहेको भन्दै आर्थिक विकासमा केन्द्रित हुन होटल व्यवसायीसँग आग्रह गरे । सरकारले सन् २०१८ लाई भ्रमण वर्ष घोषणा गरेको बताउँदै यसको सफलतामा सबै सरोकारवालाहरूलाई लाग्न आग्रह गरेका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले निजी क्षेत्रले पूर्वाधार तयार परे पनि सरकारले पूर्वाधार निर्माण गर्न नसकेको आरोप लगाए । “विमानस्थलले पर्यटक धान्ने अवस्थामा छैन, कतै होटल क्षेत्रमा गरेको लगानी डुब्ने त हैन भन्ने चिन्ता सुरु भएको छ,” शाक्यले भने ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यबाहक सचिव बुद्धिसागर लामिछानेले सरकारले हवाई सञ्जालमार्फत पर्यटक हवमा सीधा जोड्न लागिपरेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा ठेकदारका कारण केही समस्या भएको र अब निर्माण कार्यले गति लिने लामिछानेले दाबी गरे । भैरहवामा विमानस्थल निर्माणकार्य छिट्टै सम्पन्न हुने तथा पोखरामा पनि अब काम सुरु हुने बताउँदै लामिछानेले निजगढ विमानस्थलको लक्ष्य रहेको बताए ।

कार्यबाहक सचिव लामिछानेले नेपाल वायुसेवा निगम बलियो नभएसम्म पर्यटक आगमनदर बढ्न नसक्ने भएकाले ठूला जहाज खरिद गरी सीधा उडान गर्न सरकार लागि परेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पर्यटनबिना मुलुकमा आर्थिक विकासका योजना बन्नै नसक्ने बताए

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij