
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड २५ असारदेखि राति १० घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले २२ असारमा आयोजना गरेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय भएको छ । बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुला गरिने भट्टले जानकारी दिए ।
व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले २० असारमा मुग्लिन–नारायणग सडक खण्डमा राति गाडी चलाउन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij