२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनको भाउ निरन्तर घट्दै, आज तोलामा ३ सय घट्यो

सुनको भाउ निरन्तर घट्दै, आज तोलामा ३ सय घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा एक सय सस्तिएको सुनको भाउ आज भने थप ३ सय सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज सुनको भाउ प्रति तोला ५४ हजार एक सय रुपैयाँ छ । अघिल्लो दिन सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजार भाउका अनुसार नेपाली बजारमा समेत सुनको भाउ सस्तो भएको जनाइएको छ ।

आज बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ कम भएको छ । आज चाँदी तोलाको ७ सय ४० रुपैयाँ छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij