२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बुटवल पावरले २०% नगद लाभांस दिने

बुटवल पावरले २०% नगद लाभांस दिने

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले सन् २०१७देखि कावेली ए जलविद्युत र न्यादी जलविद्युत आयोजनाको निर्माण थाल्ने भएको छ। कावेली ३७.६ मेगावाट र न्यादी ३० मेगावाट क्षमताका जलविद्युत आयोजना हुन्।

कम्पनीको २४औं साधारणसभाका अवसरमा यो जानकारी दिइएको हो।कम्पनीको प्रत्यक्ष स्वामित्वमा १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्र र ९.४ मेगावाट क्षमताको आँधिखोला जलविद्युत केन्द्र छन्। कम्पनीले सहायक कम्पनीमार्फत ६० मेगावाट क्षमताको खिम्ती र चार मेगावाट क्षमताको खुदी जलविद्युतमा लगानी गरेको छ।

कम्पनीले गत वर्षको खुद मुनाफाबाट २० प्रतिशत नगद लाभांस र संञ्चित कोषबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

कम्पनीले धितोपत्र बोर्डका शर्त र मापदण्ड अनुसार फर्दर पब्लिक अफरिङका लागि वित्तिय रणनीति सम्वन्धि प्रस्ताव पारित गरेको छ।कम्पनीले गत वर्ष ५७ करोड ५९ लाख खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १९ दशमलब ९ प्रतिशतले बढी हो।

बुटवल पावरले २०% नगद लाभांस दिने, कावेली ए र न्यादी जलविद्युत आयोजनाको निर्माण थाल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij