२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

मंसिरमा मात्र ८४ हजार बढीले लिए श्रम स्वीकृति

मंसिरमा मात्र ८४ हजार बढीले लिए श्रम स्वीकृति

  • बुधबार, पुष १० २०८१

काठमाडाैं । मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा कुल ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । यस आधारमा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा झन्डै १४ हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार कात्तिक महिनामा म्यानपावरमार्फत जान चाहने २८ हजार ८६८ जनाको श्रम स्वीकृति भएको छ । जसमा पुरुष २६ हजार ४९ जना र महिला २ हजार ८१९ जना रहेका छन् ।

यसैगरी व्यक्तिगत तवरबाट १३ हजार ५९ जना, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

तथ्यांकअनुसार मंसिर महिनामा यूएई जानका लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । यूएईका लागि २४ हजार ७६९, साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा १०० देशमा काम गर्नका लागि नेपालीले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij