२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

  • सोमबार, पुष ८ २०८१

काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले पुस २९ गते, सोमबार, बद्रीनाथ होटल, गौशाला, पिङ्गलास्थान काठमाडौँमा १० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोडमूल्य बराबरको ६० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण तथा इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्ने बताएको छ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij