२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

इन्जिनियरिङ छोडेर आधुनिक कृषिमा रमाएका महेश

इन्जिनियरिङ छोडेर आधुनिक कृषिमा रमाएका महेश

काठमाडौं । ‘जागिर खाने होइन, सिर्जना गर्ने हो । अनि, सिर्जनात्मक बन्ने हो भने थोरै लगानीमै उद्यमी बन्न सकिन्छ । र, धेरैलाई रोजगारी दिन सकिन्छ’ भन्ने मान्यतालाई प्रमाणित गरिदिएका छन् महेश कुँवरले ।

कुँवर आईटी इन्जिनियर हुन् । उनीजस्ता धेरै इन्जिनियर देशमा सम्भावना नदेखेर विदेश पलायन भएका छन् । उनीसँगैका अधिकांश साथी रोजगारीका लागि अमेरिका, अस्ट्रेलिया लगायत देश गएका भासिएका छन् । तर, उनी स्वदेशमै सम्भावना नै सम्भावना देख्छन् । परिणामतः उनका पहिला सफलतातर्फ अगाडि बढ्दैछन् । उज्ज्वल भविष्य कल्पिएर प्युठानबाट काठमाडौं आएका महेश स्वउद्यमी मात्र बनेका छैनन्, अरुलाई रोजगारसमेत दिएका छन् ।

उनले केही समय आईटी कम्पनीमा काम गरे । जागिर राम्रै थियो । तर सन्तुष्ट थिएनन् । उनीभित्र ‘आफैं केही गरौं भन्ने हुटहुटी’ थियो । त्यसैले उनले सुरु गरे ‘ड्रागन फ्रुटको खेती’ ।

जिल्ला प्युठान नगरपालिका वडा न. ८ बाग्दुला तालका महेशले कामसँगै कृषिलाई पनि प्राथमिकतामा राखेका छन् । कोरोना महामारीको वेला पलाएको सोचले अहिले महेशलाई व्यावसायिक रूपमा नै ड्रागन फ्रुटको खेतीमा रमाउने बनाएको छ।

‘तीन वर्ष पहिले कोरोनाको समय थियो । कोरोना रोगको लागि ड्रागन फ्रुट एकदम अचुक औसधि हुने थाहा पाए,’महेशले भने, ‘आफैलाई कोरोना लागेपछि,घरका सदस्यले ड्रागन फल किनेर खुवाएपछि र आफ्ना १-२ जना अग्रजहरुबाट यसबारे थाहा पाए, घरमा बुवा आमाले आफ्नै बारीमा परम्परागत तरिकाले तरकारी खेति गर्दै आइराख्नु भएको थियो,यसमा केही गरौँ भन्ने सोच पलायो, पूर्वमन्त्री लोकेन्द्र विष्टले गरेको ड्रागन खेतीबारे युबट्युबमा भिडियो हेर्ने मौका पाएको थिएँ । अन्य केही सफल ड्रागन व्यवसायीको फर्म अवलोकनका साथ प्रेरणा पाएर नै मैले यो खेतीको सुरुवात यसैगरी गरेको हुँ ।’ महेशले प्युठानकै मुख्य ब्यापारिक बजार बाग्दुलामै व्यावसायिक रूपमा नै ड्रागन फ्रुट खेतीको थालनी गरेका हुन् ।

ड्रागन फ्रुट लगाएको एक वर्षमा नै बिरुवा हुर्केर राम्रो उत्पादन दिन थालेपछि महेश यसैमा रमाउन थालेका छन् । ड्रागन फ्रुटको पछिल्लो समय निकै राम्रो माग र मूल्य भएपछि प्युठानमा व्यावसायिक उत्पादन थालिएको महेश बताउँछन् । उनले आफ्नो घर नजिकैको १० रोपनी जग्गामा दुई हजार दुई सय ड्रागन फ्रुटका बिरुवा रोपेका थिए । यस वर्षदेखि नै राम्रो उत्पादन दिन सुरु भएको ड्रागन फ्रुट झन्डै १ टन उत्पादन भएको छ ।

आगामी वर्ष अझै राम्रो उत्पादन भए आम्दानी बढ्ने उनले बताए। ‘पहिलो वर्ष नै राम्रो फल लागेको छ, एउटै पोलमा झन्डै दुईदेखि चार केजीसम्म उत्पादन भएको छ,’महेशले भने,‘यो फ्रुट १५-१६ पटक नै टिप्न पाइन्छ । यस वर्ष भन्दा अर्को वर्ष उत्पादन र आम्दानी राम्रो हुने आसा छ ।’ड्रागन फलको बिक्रीका लागि बजार नजिक रहेकाले समस्या नरहेको र प्रतिकेजी चार सय पचास देखि पाँच सय रुपैयाँका दरले घरबाट नै बिक्री भइरहेको उनले जानकारी दिए।

महेशले ड्रागन फ्रुट खेती विस्तारका लागि झन्डै ३० लाख रुपैयाँ लगानी गरिसकेका छन् । बिरुवाका लागि सिमेन्टको पोल र टायरसमेत व्यवस्थापन गर्नु पर्दछ । हाल उनको बारीमा रातो र सेतो गरी दुई प्रजातिका फल उत्पादन हुँदै आएका छन् । महेश आइटी कामभन्दा पनि अहिले ड्रागन फ्रुटको बारीमा रमाउन मन लाग्ने बताउँछन् ।

बहुगुणी फलफूलका रूपमा रहेको ड्रागन फ्रुटको खेतीका लागि महेशका बाबु राजकुमार सहित परिवारका अन्य सदस्यले पनि नियमित सघाउँदै आएका छन् । महेशले आइटीको काममा व्यस्त रहँदा पनि बाबु आमाले नियमित रूपमा हेरचाह गर्दै आएका छन् । यो खेतीमा सुरुको लगानी बढी हुने बाबु राजकुमार बताउँछन् । ‘बिरुवा रोपेपछि पोल र सुरक्षाका लागि गरिने तारबार गर्नुपर्ने हुदा सुरुवाति लगानी त धेरै नै हुँदो रहेछ । तर, लगाएको एक वर्षमा नै उत्पादन दिन सुरु भयो,’महेशले भने,‘यसका लागि यहाँको हावापानी निकै राम्रो रहेछ । वर्षमा चार पटक गाइ भैसीको मल दिन सके उत्पादन पनि राम्रो हुने रहेछ । मलकै लागि उनले पाच वटा मुर्रा भैसी थप्ने प्रक्रियामा छन्’। महेशको परिवारले बाग्दुलामा गरिएको ड्रागन खेतीको हेरचाहका लागि स्वयम आफ्नै परिबार नै खटिदै आएको छन ।

दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्ड लगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको हो । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको बिरुवा हो । प्राबिधिक शिक्षा पढेर एकीकृत आधुनिक तबरले कृषि पेसा अंगाल्ने सम्भवतः उनी देशकै पहिलो इन्जिनियर हुन । आफ्नो पुर्खौ देखि गर्दै आएको परम्परागत खेतिलाई विस्तापित गरि आधुनिक तरिकाले ड्रागन फ्रुट रोपेका हुन्।

उनको फर्ममा भिएतनामी प्रबिधि जडान गरि बेमौसिमी समयमा पनि ड्रागन फ्रुट फ़लाउदै आएका छन् । जसमा बिधुतको उपयोग गरि तापक्रम र चिस्यानलाइ नापजाचँ गरि आवश्यक प्रकाश र सिचाँई दिने काम गरिन् । “वोर्क हार्ड भन्दा पनि स्मार्ट वोर्कलाइ मूल मन्त्रका साथ् अगि बढेका उनी अबका दिनमा ड्रागन फ्रुट संगसंगै एभोकाडो, बिषादी निउनिकण गरि उत्पादित हरियो तरकारी ,कुरिलो, बाख्रा ,लोकल कुखुरा, माछा, भैसीको दुध घीउ आदि उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

सुरुका दिनमा आफ्नै कृषि उत्पादनलाई जोड दिएका महेशले जिल्ला बासीलाई फरक ढंगबाट सेवा पस्कनको लागि रैथाने रिसोर्ट समेत संचालन गर्ने मनसाय बनाएका उनले लागत बढेर डेढ करोड नाग्ने आकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij