२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो

साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एशियाली देश साउदी अरेबियामा हुने भएको छ । साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रङ्गशालामा खेल खेलाइने छ ।

९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने चर्चा रहेको बीबीसीले जनाएको छ ।

खेल हुने १५ मध्ये चारवटा रङ्गशाला बनिसकेको खबरमा उल्लेख छ । यसअघि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ ।

२०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी छ देशमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij