काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामबगरमा दुई गाडी ठोक्किदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ८: २० बजेतिर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ गइरहेको बा ४ ख ७१११ नम्बरको गाडीलाई अर्को आइचर गाडीले ठक्कर दिँदा बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
अर्को एक जना महिलाको भने टिचिङ अस्पतालमा मृत्यु भएको स्थानीयले बताएका छन्। गाडी स्पिडमा भएको र बसमा यात्रुहरु खचाखच भएको प्रत्यक्षदर्शीले बताएका छन्। तीनैजना मृत्यकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा अहिले नाराबाजी गरिरहेका छन्। अवस्था तनावपूर्ण छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij