काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार साँझ सिंहदरबारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । श्रेष्ठलाई शपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुल्ला प्रतिस्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको भन्दै पुँजीबजारमा रहेका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । अध्यक्ष चयन भएसँगै बोर्डले गतिशील ढंगले काम गर्ने उनले बताए ।
त्यस्तै शपथपछि श्रेष्ठले पँजीबजारलाई चलाएमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताहरूको मनोबल उच्च बनाउन भूमिका खेल्ने बताए ।
नेपाल धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शेयर बजारलाई पारदर्शी र दिगो बनाउने प्रतिबद्धता लिएका छन् । नवनियुक्त अध्यक्ष सन्तोष नारायणले शेयर बजारलाई निष्पक्ष, पारदर्शी र दिगो बनाउने आफ्नो लक्ष्य रहेको बताए। यी ३ कुरा दृढ भएर लागेमा शेयर बजारमा अहिले भोग्नु परिरहेका समस्याहरु समाधान हुने उनको विश्वास छ।अध्यक्ष सन्तोष नारायणले शेयर बजारलाई बलियो बनाउने रणनीति बनाएर आफू अगाडि बढ्ने बताए।
श्रेष्ठलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । प्रतिस्पर्धाका आधारमा उनलाई चार वर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij