२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

संयुक्त राष्ट्र संघीय प्लाष्टिक महासंन्धिमा नेपालको तर्फबाट समावेश गरिनुपर्ने मागहरु सहित अन्तरक्रिया

संयुक्त राष्ट्र संघीय प्लाष्टिक महासंन्धिमा नेपालको तर्फबाट समावेश गरिनुपर्ने मागहरु सहित अन्तरक्रिया

  • शुक्रबार, मंसिर ७ २०८१

 

काठमाण्डौ, संयूक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (UNEP)ले विश्वब्यापी रुपमा प्लाष्टिकको संम्पूर्ण जिवनचक्र भरीमा कच्चा पदार्थको उत्खनन देखी लिएर विभिन्न सामाग्रिहरुको उत्पादन, विक्रिवितरण, प्रयोग, प्रयोग पस्चात फोहरको उचित व्यवस्थापन, पुनः प्रयोग, पुनःचक्रिय (रिसाईक्लिङ्ग) र विसर्जन गर्ने आदि लगायतका गतिविधीहरुबाट उत्सर्जीत वायू, जल, माटो प्रदूषणहरु र खासगरी समुद्री प्लाष्टिक प्रदूषण नियन्त्रण गर्ने गराउने उदेश्यले एक अन्तर्राष्ट्रिय प्लाष्टिक महासन्धी International Legally Binding Instrument on Plastic Pollution, including in the Marine Environment को पाँचौ तथा अन्तिम बैठक यही सन् २०२४ नोभेम्बरको २५ तारीख देखी डिसेम्बर १ तारीख सम्म INC5, Busan, South Korea मा आयोजना हुनगैरहेकोमा नेपालमा पनि प्लाष्टिकका विभिन्न सामग्रीहरुको आयात, उतपादन, विक्रिवितरण लगायत उत्सर्जीत प्लाष्टिकजन्य फोहरको उचित व्यवस्थापन सम्बन्धि विभिन्न आयामसंग सम्बन्धित सबै सरोकारबालाहरुको सहभागितामा जनस्वास्थ्य तथा वातावररण प्रवद्र्धन केन्द्र(CEPHED)ले ग्लोवल ग्रिनग्रान्ट फन्ड (Global Greengrant Fund) को सहयोगमा आजको अन्तरक्रिया सम्पन्न भएको थियो ।

कार्यक्रम नेपाल साना तथा घरेलु उधोग महासंघका उपाध्यक्ष मोहन कटुवालज्युको अध्यक्षता र नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रिराज ढुङ्गानाज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त अवसरमा काठमाडौँ मेडिकल कालेजका प्रोफेसर, डा सुनिल कुमार जोशी, विश्व स्वास्थ्य संगठन, नेपाल स्थित कार्यालयका प्रतिनिधी राजाराम पोटे श्रेष्ठ एवं वनस्पतीविभागका उपमहानिर्देशक तथा प्लाष्टिक महासन्धीको पाँचौ बैठकमा सरकारी टोलीप्रमूखको रुपमा सहभागिहुन गैराख्नुहुने सरोज कुमार चौधरीज्यूको पनि समउपथिती रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, वातावरण, गैरसरकारी संस्था, शिक्षक, प्राध्यापक, प्लाष्टिक उद्योग, प्लाष्टिक डिलर तथा खुद्रा बिक्रेता, प्लाष्टिक जन्य फोहर संकलन, ओसारपसार, पुनः प्रयोग, पुनः चक्रिय (रिसाईक्लिङ्ग) तथा अन्तिम विसर्जन आदिसंग आवध प्रतिनिधीहरु लगायत राष्ट्रिय सञ्चार माध्यम, पत्रकारहरू सहित ३० जनाको सहभागिता रहेको थियो ।

नेपाल सरकारको तर्फबाट उक्त बैठकमा सहभागिता गर्नगैरहेका हाम्रा सरकारी टोली मार्फत प्लाष्टिकको उत्खनन देखी विसर्जनसम्म सम्बन्धित प्लाष्टिकको आयात, उत्पादन, विक्रीवितरण, वातावरणीय तथा व्यावसायजन्य असर लगायत प्लाष्टिक जन्य फोहर संकलन, ओसारपसार, पुनः प्रयोग, पुनः चक्रिय (रिसाईक्लिङ्ग) तथा अन्तिम विसर्जन आदिसंग आवध विषय, चुनौती र मुदाहरुबारे सरकारी टोलीलाई पृष्ठपोषण गर्ने गराउने र ससक्त सहभागितामा योगदान पु¥याउने उदेश्यले यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो ।

आउदै गरेको संयूक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय प्लाष्टिक महासन्धीबारे कार्यपत्र प्रस्तुत गर्दै जनस्वास्थ्य तथा वातावररण प्रवद्र्धन केन्द्र(CEPHED) कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले नेपालमा प्लाष्टिकसंग सम्बन्धित विभिन्न मुदाहरु बारेमा प्रस्तुत गर्दै सरकारी टोलीले बैठकमा उठाउनको लागि जोडदार माग गर्नुभयो ।

छलफलमा प्लाष्टिक महासन्धीबारे जानकारी पस्कदै यसमा समावेश गरीएका विषयबस्तुहरु जस्तै प्लाष्टिक प्रदूषणको निर्मूलिकरण गर्ने महाससन्धीको उदेश्य, सिधान्तहरु, यसको आयाम, प्रविधिक पक्षहरुमा पोलिमर, घातक रसायन, बन्देज लगाउनुपर्ने प्लाष्टिकका प्रकार, उत्पादनको डिजाईन र कार्यक्षमता, गैर प्लाष्टिक विकल्पहरुको खोजी, उत्पादकको बृहतर जिम्मेबारी (Extended Producer Responsibility-EPR), फोहर उत्पादन तथा उत्सर्जन, फोहरको उचित व्यवस्थापन, प्लाष्टिक सम्बन्धि ब्यापार, रसायनहरुबारेको पारदर्शिता, आवस्यक दिगो आर्थिक तथा प्राविधिक सहयोग, आर्थिक तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय कार्यायोजनाको विकास र कार्यान्यवन, परीपालना सम्बन्धि अनुगमन तथा प्रतिवेदन बुझाउने आदि आवस्यक प्रावधानहरु महासन्धीमा समावेश भएको कुराहरुको प्रस्तुतीकरण गरीएको थियो ।

नेपाल सरकार महासन्धीको शुरुवात देखी हालको अन्तिम पाचौँ तयारी बैठकहरुमा निरन्तर भाग लिदै आएको र यसपालि पनि सहभागीता जनाउदैगर्दा प्लाष्टिक सम्बन्धि उधोग, उधोगी, ब्यापारी, उधोगमा कामगर्ने मजदुर र कामदारहरुको वातावरणीय र व्यावसायजन्य स्वास्थ्य र सुरक्षा आदि सम्बन्धि सबै सरोकारबालाहरुको मुदा जोडदार रुपमा महासन्धीमा उचित समावेशीता र सम्बोधन गर्न गराउन जोडदार मागका साथै आजको कार्यक्रम सम्पन्न भएको थियो ।

सबै सहभागिहरु, संघ, संस्था लगायत आयोजक संस्थाहरु जनस्वास्थ्य तथा वातावररण प्रवद्र्धन केन्द्र(CEPHED) को तर्फबाट पाँचौ बैठकमा सहभागि हुन गैरहेका सरकारी टोलि प्रमूखले निम्न विषयवस्तुहरु उचितरुपमा उठाउन अनुारोध एवं माग रहेको थियो ।

१. संयुक्त राष्ट्र प्लाष्टिक महासन्धीमा उच्च पर्वतीय प्लाष्टिक प्रदूषणको समावेशीताको पहल गर्ने ।
२. गैर-आवश्यक प्लाष्टिकहरूको उत्पादन, आयात र प्रयोगमा प्रतिबन्ध लगाउने ।
३.  नेपालले एकल प्रयोग हुने प्लाष्टिकमाथिको प्रतिबन्धलाई देशव्यापी रुपमा बढाउन र उत्पादकको बृहतर जिम्मेबारी (Extended Producer Responsibility-EPR), अपनाउन आवश्यक रहेको छ ।
४. रासायनिक पारदर्शिता र लेबलिंग, अनुसुचीमा राख्ने ब्यवस्था मिलाउने ।
५. विषाक्त प्लाष्टिक रिसाइक्लिंग (जुन एउटा गलत समाधान हो) लाई रोक्ने ।
६ .दिगो प्राबिधिक र आर्थिक सहयोग, वैज्ञानिक समुदायको स‌लग्नता र मतदान प्रक्रियामा सहयोग गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij