२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जीवित देवी कुमारीलाई मूलचोकमा राखियो

जीवित देवी कुमारीलाई मूलचोकमा राखियो

काठमाडौँ, ५ असोज : हनुमानढोका दरबार क्षेत्र काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा शनिबार साँझपख देखिएको दृश्य । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

काठमाडौं । हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधिविधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।

जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारीघरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

उनका अनुसार, प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ । दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ ।

तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्र पूजा–आराधनाका निम्ति खुला गरिन्छ ।

तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौं उपत्यकामा ल्याएको इतिहास छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij