२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

रवि पक्राउ पर्ने हल्लाले रास्वपामा हलचल, शीर्ष नेता छलफलमा

रवि पक्राउ पर्ने हल्लाले रास्वपामा हलचल, शीर्ष नेता छलफलमा

काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछाने पनि सम्भावित गिरफ्तारीको खबरले पार्टीभित्र हलचल मच्चिएको छ।

पक्राउको आशंकासँगै रास्वपाले आन्तरिक छलफल तीव्र बनाउँदै कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ।

सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र रवि लामिछानेले समेत हस्ताक्षर गरेर खर्च गरेको ठहर गरेको थियो। उक्त ठहरपछि समितिले कानूनी कारबाहीको सिफारिस गरेको थियो। सरकारको निर्देशन आएलगत्तै प्रहरीले छविलाललाई आज साँझ पक्राउ गरेको हो।

यसैबीच, लामिछाने पनि सम्भावित पक्राउको तयारीमा छन्। कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी टोली खटाई सकिएको छ भने प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई सम्भावित गिरफ्तारीबारे सूचित गरिएको छ। हाल उनी बनस्थली स्थित पार्टी कार्यालयमा नेताहरूसँग आन्तरिक छलफलमा रहेका छन्।

रास्वपाले लामिछानेको गिरफ्तारीको हल्लापछि आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला बोलाएको छ। सहकारी ठगी प्रकरणमा संसदीय समितिको सिफारिस अनुसार कारबाही हुन सक्ने आशंका गर्दै पार्टीले आन्तरिक रणनीति बनाउन थालिसकेको छ।

पार्टी कार्यालय अगाडि कार्यकर्ता र लामिछानेकाका शुभचिन्तकहरूको बाक्लो उपस्थित रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij