काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुरका लागि उडान तालिका रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो। तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थलले बताएको छ।
जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’ मा रोकेर यात्रुहरूलाई ओरालिएको विमानस्थल बुद्ध एयरले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij