२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)

राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)

काठमाडौं । ४ करोड लगानीमा काठमाडाैंमा तारे होटल स्तरको ट्रेनिङ  सेन्टर सञ्चालनमा अाएकाे छ । सञ्चालनमा अाएकाे उक्त सेन्टरमा जिम, साैना सहितका आवासीय सुविधा उपलब्ध हुने काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

कम्प्लेक्समा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कनफरेन्सिङ सुविधा छ । सेन्टरले कार्यक्रम गर्न चाहनेहरुलाई स्पेस प्रदान गर्नेछ । सेन्टर आफैंले सीटिईभिटी र लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न किसिमका तलिमसमेत प्रदान गर्ने संचालक सुदीप कोइरालाले जानकारी दिए ।
तालिम केन्द्रमा ४५ जनालाई सेवा दिन सकिने इन्डोर र १ सय ५० जनालाई सेवा दिन सकिने आउट डोर रेस्टुरेन्ट छ । सेन्टरमा १ सय ३५ जनालाई आवासीय सुविधा उपलब्ध गराउन सक्ने सिंगल र कमन बेड रुम छन् । आइसिए सेन्टरले अनलाइन र फिजिकल लाइव्रेरी समेत स्थापना गरेको छ ।
सेन्टरमा साउना, जिम लगायतका सुविधा समेत छन् ।
ट्रेनिङ्ग सेन्टरले विजनेस इन्कुभेसन सेन्टरसमेत संचालन गरेको छ । नयाँ खालका बिजनेश आइडिया ल्याउनेलाई सेन्टरले १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने कोइरालाले जानकारी दिए । ट्रेनिङ सेन्टरले ह्यान्डी म्यान सपोर्ट सर्भिसमार्फत घरघरमा आवश्यक १२५ प्रकारका सीपयुक्त जनशक्तिसमेत उपलब्ध गराउने बताएको छ ।  सेन्टर स्थापना गर्न ४ करोड लगानी गरिएको अर्का संचालक भरत तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij